साप्ताहिक संवाददाता
नेपालले आफ्नो पहिलो भू–उपग्रह वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण गर्ने भएको छ । स्याट–१ नाम दिइएको भू–उपग्रह नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको क्युटेक विश्वविद्यालयस“ग सहकार्य गरी निर्माण गरेको हो ।
उपग्रह निर्माणका लागि नेपालका तर्फबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।
प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ । कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ । उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ । स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीहरूले पुनः स्याटेलाइटको परीक्षण गर्नेछन् । मेको तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ । त्यसको तीन दिनपछि देखि उक्त भू–उपग्रहले तथ्यांकहरू दिन थाल्ने नास्टले जनाएको छ ।
पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५÷१० मिनेटसम्म रहनेछ । स्याटेलाइटमा ४३७ मेगाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ । ‘ग्राउन्ड स्टेसन’मा भू–उपग्रहले पठाएको तथ्यांकहरूको विश्लेषण एवं संकलन गरिनेछ । ग्राउन्ड स्टेसन निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने नास्टले जनाएको छ ।