साप्ताहिक संवाददाता
डा. लेखनाथ शर्मा, उपकुलपति
खुला विश्वविद्यालय र अन्य विश्वविद्यालयमा के भिन्नता छ ?
सरकारले सबै नागरिकमा शिक्षाको पहुँच वृद्धि गराउन विभिन्न माध्यम अपनाइरहेको छ । त्यसमध्ये खुला विश्वविद्यालय एउटा सजिलो एवं प्रविधिमैत्री माध्यम हो । खुला एवम दूर शिक्षा सिकाइ विधिका माध्यमबाट सबै नागरिकलाई जीवनपर्यन्त शिक्षाको अवसर प्रदान गर्नु यो विश्वविद्यालयको उद्देश्य हो । अन्य विश्वविद्यालयको तुलनामा गुणस्तर र मान्यताका हिसाबले खुला विश्वविद्यालयप्रति शंका गर्नुपर्ने कुनै आधार छैन् ।
विद्यार्थीको आकर्षण र प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । पहिलो वर्ष नै ६ सय ३० जनाभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । हामी अभ्यासकै चरणमा छौं, सिक्दै र सिकाउँदै अघि बढीरहेका छौं । आर्थिक एवं प्राविधिक समस्याहरू छन् तै पनि अघि बढिरहेका छौं ।
विश्वविद्यालयले विदेश तथा ग्रामीण भेगमा रहेका नेपालीहरूसम्म पहु“च पु¥याउन सकेन भनिन्छ नि ?
हामी प्रारम्भिक चरणमा छौं । प्रथम सेमेस्टरको पढाइ भर्खरै सकेका छौं । ऐनले विदेशमा पनि स्टडिज सेन्टर विस्तार गर्न पाउने अधिकार दिएको छ, तर अहिले तत्कालै त्यसो गर्न सकिने अवस्था छैन । भर्खर पाठ्यक्रम बनाउँदैछौं । सबै कुरा अध्ययन गरेर त्यसको पनि ब्यवस्था गर्छौं । सरकारले जति चाँडो प्रविधिको विकास ग्रामीण भेगसम्म पु¥याउँछ हामी त्यति नै चाँडो दौडन्छौं ।
आगामी योजनाहरू के–कस्ता छन् ?
थुप्रै योजना बनिरहेका छन् । नयाँ–नयाँ विषयका गुणस्तरीय एवं अपग्रेटिङ पाठ्यक्रमको तयारी गरिरहेका छौं । विषयगत स्रोत व्यक्तिको अभाव एवं विविध प्राविधिक समस्याहरूले काम गर्न केही असहज भैरहेको छ तर हामी गुणस्तरीय शिक्षाको पहुँच देश–विदेशसम्म विस्तार गर्न तत्पर छौं र त्यसमै दत्तचित्त छौं ।