साप्ताहिक संवाददाता
फाल्गुन १५, २०७५
अभिनेत्री सोनम कपुरले नौ महिनाअघि आनन्द आहुजासँग विवाह गरेपछि सामाजिक सञ्जालमा आफ्नो नाममा श्रीमान्को नाम पनि जोडी थिइन् । त्यतिबेला उनले आफ्नो नाम सोनम कपुर आहुजा राखेकी थिइन् । अहिले आएर उनले पुनः आफ्नो नाम परिवर्तन गरेकी छिन् ।
अहिले सोनमले आफ्ना श्रीमान्को थर मात्र हटाएकी छैनन्, आफ्नो नाम नै परिवर्तन गरेकी छिन् । सोनम कपुरले इन्स्टाग्राम तथा ट्विटर एकाउन्टमा आफ्नो नाम सोनम कपुर आहुजाबाट परिवर्तन गरेर जोया सिंह सोलंकी राखेकी छिन् ।
उनले चलचित्रका लागि नाम परिवर्तन गरेको बताइन्छ । सोनम यतिबेला ‘द जोया फ्याक्टर’ चलचित्रमा काम गरिरहेकी छिन् । उक्त चलचित्रको प्रचार–प्रसारका लागि सोनमले सोसल साइटमा आफ्नो नाम नै परिवर्तन गरेकी हुन् । चलचित्रमा उनको चरित्रको नाम नै जोया सिंह सोलंकी राखिएको छ ।