साप्ताहिक संवाददाता
ठमेल, नरसिंहचोकमा १४ महिनाअघि खुलेको टर्टल लाउन्ज एन्ड क्लबले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । टर्टलले विश्वका विभिन्न देशका सेलिब्रिटी डिजे, कलाकारहरूलाई निम्त्याएर विशेष कार्यक्रमहरू आयोजित गर्दै आएको छ । ५३ जनालाई रोजगारी दिएको टर्टलका सञ्चालक प्रवीण गुरुङसँगको छोटो कुराकानी :
टर्टलमा थुप्रै अन्तर्राष्ट्रिय कलाकारहरूलाई ल्याइरहनुभएको छ । अन्तर्राष्ट्रिय कलाकार ल्याउन कत्तिको गा¥हो हुन्छ ?
धेरै गा¥हो छ । सुरुमा हामी इमेल गर्छौैं । कतिले जवाफ दिन्छन्, कतिले दिँदैनन् । आवश्यक पर्दा फोन पनि गर्छौं । हामीले राम्रो स्पोन्सर पायौं भने अन्तर्राष्ट्रिय कलाकार ल्याउन सजिलो हुन्छ । किनभने उनीहरूले भनेको पैसा दिन सकिन्छ । स्पोन्सर भएनन् भने गा¥हो हुन्छ ।
काठमाडौंमा धेरै क्लबहरू खुलिरहेका छन् । के–कस्ता चुनौती छन् ?
चुनौतीहरू त थपिएका छन् । प्रतिस्पर्धा बढेको छ । सबै क्लब आ–आफ्ना हिसाबले चलिरहेका छन्, तर हामीलाई त्यसको खासै असर परेको छैन । हामीले ग्राहकहरूलाई उत्कृष्ट सेवा र सन्तुष्टि दिएका छौं । हाम्रो क्लब राम्रैसँग चलिरहेको छ ।
क्लब खोलेको एक वर्ष नाघ्यो । यो समयमा के–कस्ता अनुभव बटुल्नुभयो ?
हामीले राम्रो प्रतिक्रिया पायौं । यही अनुभव र आँटले गर्दा पोखरामा अर्को क्लब खोल्ने तयारी भैरहेको छ ।
टर्टलमा अब के–कस्ता अन्तर्राष्ट्रिय कलाकारलाई ल्याउने तयारीमा हुनुहुन्छ ?
भारतीय डिजे ल्थ्प्, त्यस्तै अप्रिलमा अस्ट्रेलियालगायत अन्य मुलुकका डिजेहरूलाई ल्याउने प्रयासमा छौं ।
युवा पुस्तालाई आकर्षित गर्न थप केही नयाँ कार्यक्रम ल्याउँदै हुनुहुन्छ कि ?
टर्टलमा विभिन्न म्युजिक ब्यान्डले प्रस्तुति दिइरहेका छन् । नयाँ–नयाँ कलाकारले ग्राहकहरूलाई मनोरन्जन प्रदान गरिरहेका छन् । हामीकहाँ राति १२ बजेसम्म विभिन्न परिकार खाँदै लाइभ म्युजिक सुन्न सकिन्छ । त्यसपछि चर्चित डिजेहरूका साथमा रात्रिकालीन सेसनमा रमाउन सकिन्छ ।