साप्ताहिक संवाददाता
सरकारले थालेको धेरैै काम सफल भएको छैन । अर्को कुरा, नेपालमा सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको छ । त्यसैले यसलाई सुरक्षित बनाउने पक्षमा लाग्नु राम्रो हो ।
अर्जुन तिवारी, छायाँकार
सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सामाजिक सञ्जालको दुरुपयोगले ज्यानसम्म लिएको समाचार सुन्न पाइन्छ । त्यसैले सरकारले ल्याउन लागेको सामाजिक सञ्जालसम्बन्धी कानुन एकदम ठीक छ ।
सुशीला गौतम, गायिका
प्रस्ताव गरिएको कानुनमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना तथा ५ वर्ष कैद सजाय हुने प्रावधान राखिएको रहेछ । अब जथाभावीभित्र के पर्छ, त्यो बुझ्न पो गाह्रो पर्ने भयो ।
अशिम शाह, निर्देशक
झिना–मसिना कुरामै के–के गरें भन्ने केटाकेटीपन भयो कि जस्तो लाग्यो ।
राजाराम गौतम, रंगकर्मी
सभ्य प्रतिक्रिया दिनेलाई रोक्नु हुँदैन । असभ्य गालीगलौज रोक्न साइबर क्राइम छँदैछ । बरु दिनमा दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल चलाउन नपाउने नियम ल्याउन पाए मानिसहरू उत्पादनशील क्षेत्रमा लाग्थे कि ?
केदार घिमिरे, अभिनेता
सरकारले ल्याउन लागेको त्यो कानुनले अपराध नियन्त्रण हुन्छ भने त निकै राम्रोे हो ।
राजनराज शिवाकोटी, गायक तथा संगीतकार
कतिपयमा यो कानुनलाई गलत ढंगले बुझेको र सामाजिक सञ्जालको प्रयोगमै सरकारले बन्देज लगाउन खोजेको हो भन्ने बुझाइ रहेको पाइएको छ, तर सरकारले सम्बन्धित सामाजिक सञ्जालको आधिकारिक कार्यालय नेपालमा खोल्नुपर्ने र एउटा प्रक्रियामा आउनुपर्ने कानुन प्रस्ताव गरेको मेरो बुझाइ छ, जसले गर्दा सामाजिक सञ्जालबाट आउने समस्यालाई हामी आधिकारिक रूपले समाधान गर्न सक्छौं र नेपाली प्रयोगकर्ताहरूले सुरक्षित रूपले यसको प्रयोग गर्न सक्छन् । यसले कर प्रणाली लागू गर्न समेत भूमिका खेल्न सक्छ । त्यसैले सरकारले व्यवहारिक ढंगबाट नियमन र अनुगमन गर्न खोजेको हो भने यो सकारात्मक कुरा हो ।
महेश काफ्ले, गायक
अति उत्तम लाग्यो ।
तेजस रेग्मी, गायक
बन्द गर्नु हुँदैन, नियन्त्रण गर्नुपर्छ । नक्कली आइडीहरूलाई कारबाही गर्नुपर्छ । एक व्यक्ति एक फेसबुक हुनुपर्छ ।
जितु नेपाल, अभिनेता
नेपालमा सामाजिक सञ्जालमा दिन–प्रतिदिन फैलिरहेको विकृतिलाई नियन्त्रण गर्न सरकारको यो कदम स्वागतयोग्य छ, तर यो घोषणामा मात्र सीमित हुनु भएन । नागरिकले पनि कस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्ने भन्ने कुरा बुझ्नु आवश्यक छ ।
श्रीदेव भट्टराई, अभिनेता
अहिले सामाजिक सञ्जालमा धेरै विकृति आएको छ । विशेष गरी अरूको फेक आइडी बनाएर जथाभावी पोस्ट गरिदिने, सामाजिक सञ्जालमार्फत विभिन्न खाले अतिरञ्जित म्यासेज पठाउने जस्ता क्रियाकलापहरू भैरहेका छन् । त्यसैले यस्ता खाले विकृतिलाई रोक्नका लागि सरकारले कानुन ल्याउन लागेको हो भने धेरै राम्रै हो ।
दुर्गेश थापा, मोडल
सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी यो नियम गलत छ, किनभने मोफसलका मुद्दाहरू स्वीकार गरेर जानुको विकल्प छैन ।
वसन्त थापा, गायक तथा संगीतकार
देशमा सुुशासन कायम गर्न जनतालाई सास्ती नहुने र जनताका हितका लागि बनाइने कुनै पनि कानुनमा मेरो समर्थन रहनेछ ।
पुष्प खड्का, अभिनेता
सामाजिक सञ्जालसम्बन्धी ऐन बनाए भैहाल्यो नि । सामाजिक सञ्जाल नै प्रतिपक्ष जस्तो लाग्न थालेछ ओली सरकारलाई । जनताको चाहना अपेक्षा एकातिर छ, सरकार भने केही काम नपाएर फेसबुक, ट्विटर बन्द गर्नतिर लागिरा’छ । दुईतिहाइको सरकार भएपछि सामाजिक सञ्जाल अनि पशुपति शर्माको गीतबाट किन डराउनुप¥यो । त्यसैले मलाई सरकारले ल्याउन लागेको कानुनमा गुदी छ जस्तो लाग्दैन ।
घनश्याम गौतम, अभिनेता
जो–कसैले पनि स्वतन्त्रतापूर्वक बा“च्न पाउनुपर्छ । उसले आफूलाई चित्त नबुझेका कुरा सरल भाषामा व्यक्त गर्न पाउनुपर्छ, तर आफूलाई चित्त बुझेन भनेर सामाजिक सञ्जालमा जथाभावी कुरा लेखेर पोष्ट गर्ने बेथिति बढिरहेका बेला सरकारले यस्तो खालको कानुन ल्याउनु राम्रो हो ।
माल्भिका सुब्बा, पूर्व मिस नेपाल
यो सबैमा लागू हुने, कसैको सामाजिक अनि व्यक्तिगत जीवनमा असर नपर्ने गरी ल्याउन लागिएको हो भने राम्रो हो, तर निहित स्वार्थका लागि यो कानुन ल्याउन लागिएको हो भने बिल्कुलै नराम्रो हो ।
बुद्धि तामाङ, अभिनेता
मलाई सरकारको यो काम खासै ठीक लागेन । सामाजिक सञ्जालमा सरकारका काम र नीति–नियमको व्यापक विरोध हुन थालेपछि यस्तो कानुन ल्याउन लागे जस्तो लाग्यो, तर सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अरूको जिन्दगीमाथि खेलबाड गर्न खोज्नेहरूका लागि कानुन ल्याउन लागिएको हो भने ठीकै हो ।
विपिन कार्की, अभिनेता
एक हिसाबले राम्रो हो । अहिले सामाजिक सञ्जालको व्यापक दुरुपयोग भैरहेको छ । यसरी दुरुपयोग गरी गैरकानुनी काम गर्नेलाई सरकारले कानुन ल्याएर दण्डित गर्नु राम्रो हो, तर हामीकहा कानुन बन्छ तर कानुनको कार्यान्वयन हुदैन ।
जेविका कार्की, अभिनेत्री