साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७५
नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट चारमा रहन सफल गायक हुन्– सागर आले । प्रतियोगितामा उपाधि जित्न नसके पनि दर्शक तथा स्रोताको मन जित्न सफल यी गायक अहिले सांगीतिक कार्यक्रमहरूमा व्यस्त छन् ।
पछिल्लो एक वर्षमा झन्डै १५ वटा देशको सांगीतिक भ्रमण गरेका आले अहिले विदेशमा राम्रो पारिश्रमिक लिएर कन्सर्ट दिने गायकको सूचीमा पर्छन् । कन्सर्टमा व्यस्त भएपछि सागरको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ ।
गीत गाएरै राम्रो आम्दानी भएपछि सागरले हालै मात्र चितवनमा नयाँ घर बनाएका छन् भने काठमाडौंको ठमेलमा रेस्टुराँसमेत सञ्चालन गरिरहेका छन् । नयाँ घरमा सरे लगत्तै सागरका बुवा–आमाले उनको विवाह गरिदिने इच्छा व्यक्त गरेको बताइन्छ । सागर भने केही वर्षपछि मात्र विवाह गर्ने योजनामा छन् ।