साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७५
सोफी चौधरी लामो समयदेखि बलिउडमा छिन् । यद्यपि उनले त्यहाँ आफ्ना लागि कुनै महत्वपूर्ण स्थान बनाउन सकेकी छैनन् । यसका बावजुद उनी फिल्मी पार्टीहरूमा प्रायः सहभागी भैरहन्छिन् भने सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।
हालै मात्र सोफीले मञ्ज मुसिकसँग एउटा गीत गाएकी छिन्, जसका कारण उनी चर्चामा छिन् । सोफी बेला–बेलामा आफ्ना हट तस्बिरका कारण पनि चर्चामा आउँछिन् । उनलाई इन्स्टाग्राममा झन्डै १५ लाखले पछ्याएका छन् ।
सोफीले शादी नम्बर वान, स्पीड, आ देखे जरा, अलीबाग तथा वान्स अपन अ टाइम इन मुम्बई दुबाराजस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।