साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७५
चलचित्र गोपी व्यवसायिक रूपमा असफल भएपछि त्यसको सम्पूर्ण जिम्मा अभिनेता बिपिन कार्कीले लिएका छन् । चलचित्र नचलेको विषयमा विभिन्न प्रकारका टीका–टिप्पणीहरू भैरहेका बेला चलचित्रका मुख्य अभिनेता कार्कीले असफलताको जिम्मेवारी आफूले लिएका हुन् ।
‘म अवश्य पनि जिम्मेवारी लिन्छु, बिपिनको भनाइ छ– ‘कुनै पनि चलचित्रमा काम गरेपछि सफल हुँदा मैले काम गरेको थिएँ र असफल हुँदा मेरो काम होइन भनेर कहिल्यै पनि भन्दिन ।’
बिपिनले आशा गरेको चलचित्र असफल हुँदा दुःख लागेको पनि स्पष्ट पारे । दीपेन्द्र लामाद्वारा निर्देशित उक्त चलचित्र मध्यम स्तरको व्यवसाय गर्नसमेत असफल भएको थियो ।