साप्ताहिक संवाददाता
दरबारमार्गमा रहेको क्लब डेजाभुमा आगामी मार्च १३ मा स्टाइल इन्भेजन विथ सोन्या फेसन शो आयोजना हुने भएको छ । यो अन्य फेसन शो भन्दा निकै भिन्न किसिमको रहने आयोजकले जानकारी दिएको छ ।
यो शो मनोरन्जनात्मकसँगै उनिहरुको प्रस्तुतीले खास सन्देश पनि दिनेछ, चर्चित फेसन स्टाइलिस्ट सोन्या गुरुङले भनिन्, ‘हामीले अन्य कार्यक्रमको तुलनामा यसलाई निकै फरक किसिमले सम्पन्न गर्न गैरहेका छौं ।’
चर्चित फेसन स्टाइलिस्ट सोन्या गुरुङको संयोजन तथा कन्सेप्टमा आयोजना हुन लागेको उक्त शो मा ४० भन्दा बढि मोडलहरुको प्रस्तुती रहनेछ । एसेसरिज नेपालको विशेष सहयोगमा हुन लागेको उक्त शो का लागी अहिले मोडलहरुले धमाधम पुर्व तयारी गरिरहेका छन् ।
नेपाल र विभिन्न देशमा विशेष शो आयोजना गरिसकेकी गुरुङले नेपालका धेरै कलाकारहरुको डे«स डिजाइन गरिसकेकी छिन् । उनले चाडैं नेपालका प्रमुख शहरमा फेसन शो कार्यक्रम तयारी रहेको बताइन् ।
डेजाभुमा आयोजना हुने शो मा टिकट बिक्रिबाट उठेको रकम खर्च कटाएर हाम्रो बाल आश्रम धरोहर नेपाल काठमाण्डौंमा सहयोग गर्ने आयोजकको लक्ष्य रहेको छ । यो शो मा २ हजारभन्दा माथी दर्शक उपस्थित रहने अनुमान गरिएको छ । अन्य शो मा ठिक एउटा स्थानमा मोडलहरुले आफ्नो प्रस्तुती दिने गरेका थिए तर यो शो मा उपस्थित दर्शक जहाँ हुनेछन्, सोहि नजिक पुगेर प्रस्तुती दिनेछन् ।