साप्ताहिक संवाददाता
फाल्गुन १७, २०७५
पूर्व क्रिकेटर नवजोत सिंह सिद्धूले द कपिल शर्मा शोबाट छुट्टी पाएका छन् । अघिल्लो बिहीबार भारतको जम्मू–कस्मिरको पुलवामामा भएको आत्मघाती हमलाप्रति प्रतिक्रिया दिँदै सिद्धूले पाकिस्तानको पक्षमा बोलेका थिए ।
त्यसक्रममा सिद्धूले आतंकको कुनै धर्म नहुने, कुनै देश नहुने तथा कुनै जात नहुने बताएका थिए । ‘त्यसैले केही व्यक्तिका लागि पूरै देश (पाकिस्तान) लाई दोषी मान्नु हु“दैन, सिद्धूको भनाइ थियो ।
स्मरणरहोस्, पुलवामामा भएको आत्मघाती आक्रमणमा भारतीय सेनाका ४० जवान मारिएका थिए । त्यसको जिम्मेवारी पाकिस्तानमा सक्रिय आतंकी संगठन जैश–ए–मोहम्मदले लिएको छ ।