कोकोबीचमा पुरानो ढुङ्गा टेबल, एक्वा बार, पिङ, झुला, पुरानो बसको भित्र बसेर, छतमा बसेर, बालुवामा सुतेर नौलो अनुभव लिन पाइन्छ । यहाँ पाइने बीबीक्यु, लोकल माछाका परिकार तथा सिर्जनशील ककटेलले जोकसैलाई लोभ्याउँछ । यहाँ इन्डोनेसियाको बालीको अनुभव प्रदान गर्ने उद्देश्य सञ्चालकहरूको छ ।
समुद्रको किनारमा बसेर रमाउन खोज्नेहरूका कारण विश्वका विभिन्न समुद्री किनारा लोकप्रिय निकै छन् । यस्ता समुद्री किनारामा पुगेर रमाउने सपना धेरैको हुन्छ । यद्यपि कोही आर्थिक कारणले त कोही समय अभावका कारणले त्यस्ता ठाउँमा पुग्न सकिरहेका हुँदैनन् । त्यस्तै ठाउँको अनुभूति दिलाउन पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीमा कोको बीच पोखरा रेस्टुराँ सञ्चालनमा आएको छ, जहाँ पुग्नेहरूले बीचमा पुगेको अनुभव गर्न पाउँछन् । पोखराको हल्लनेचोक लेकसाइडबाट साढे २ किलोमिटर पश्चिममा पर्ने कोकोबीच पैदल वा सवारी साधनमार्फत पुग्न सकिन्छ । अरूको भन्दा केही फरक गरी ग्राहकको ध्यान खिच्दै व्यवसायमा सफल हुने लक्ष्यका साथ यो कोको बीचलाई युवा व्यवसायी जीवन गुरुङले सञ्चालनमा ल्याएका हुन् । यसमा उनीसँगै हङकङमा भएका उनका अंकल युवराज गुरुङको लगानी छ । विदेशको बीचको अनुभव दिलाउने उद्देश्यले आफुहरूले यसलाई सञ्चालनमा ल्याएको जीवनले बताए । जीवन गुरुङसँग ४ वर्ष युकेको रेस्टुराँमा काम गरेको अनुभव छ । २९ वर्षका जीवन २००९ देखि २०१४ सम्म युकेमा थिए ।
यहाँ पुग्नेहरूले विदेशको बीचको अनुभुती गर्दै ३ सय ६० डिग्रीमा फेवाताल, आकाशमा उडिरहेका प्याराग्लाइडिङ, हरिया डाँडा सहितका प्राकृतिक दृश्य अवलोकन गर्न सक्छन् । यहाँ रि–साइकल गरिएर सामग्रीहरू प्रयोग गरिएको छ । कोकोबीचमा पुरानो डुङ्गाको टेबल, एक्वा बार, पिङ, झुला, पुरानो बसको भित्र बसेर, छतमा बसेर, बालुवामा सुतेर नौलो अनुभव लिन पाइन्छ । यहाँ पाइने बीबीक्यु, लोकल माछाका परिकार तथा सिर्जनशील ककटेलले जोकसैलाई लोभ्याउँछ । यहाँ इन्डोनेसियाको बालीको अनुभव प्रदान गर्ने उद्देश्य सञ्चालकहरूको छ ।
कोकोबीचमा एकै पटकमा ५ सय जनाले खान तथा दृश्यावलोकन गर्न सक्छन् भने हरेक महिना एउटा इभेन्ट गर्ने योजना भएको सञ्चालक गुरुङले बताए । यहाँ पाइने परिकार लेकसाइडमा पाइने परिकार भन्दा सस्तो हुने दावी उनको छ । फ्रेस हाइजनिक फुड यहाँको विशेषता हो । फेमिली, कपल तथा बालबालिका सबै यहाँ दिल खोलर रमाउन सक्छन् । हरेक दिन विहान ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालनमा आउने कोकोबीचमा निकट भविष्यमा मसाजको सुविधा थपिनेछ । यसैगरी रेस्टुराँसँगै रिर्सोट समेत सञ्चालन गर्ने तयारी छ । त्यसका लागि केही जग्गा खरिद तथा केही जग्गा भाडामा लिएर काम सुरु गरिएको छ । जीवनलाई युकेबाट नेपाल फर्किएपछि विदेश जान मन लागेन । यहीं केही गर्ने सोच पलायो । त्यसपछि उनले मार्केट रिसर्च गरे । सबै होटल तथा रेस्टुराँले कपी गर्ने भएकाले फरक गरौं भनेर उनले कोको बीच सञ्चालनमा ल्याएका हुन् ।