साप्ताहिक संवाददाता
तिमी बोल्न छाड्यौ । मैले पनि बोलाउन छोडें । हानी त केही भएन, भयो त केवल कहानी भयो ।
कृष्ण गिरी
बिजुली बस त रै’छ सारै मापाको, लुम्बिनीलाई आको, राजधानीले नै खाको । जाँचपासै नभै तामझामले उद्घाटन नि गराको, अन्तै बने पनि मेड इन चाइनाको प्रमाणलाई धाको । तेस्तो प्रमाण नदिनेलाई घोक्रेठ्याक लाको । तब न बिजुली– बसिबियाँलो ।
भोजराज पोखरेल
बाटोमा हिँड्दा एउटीलाई ठेस लागेपछि उसले भनि– ‘हेरेर हिँड्न सकिँदैन ?’ सम्हालिँदै मैले पनि भनिदिएँ— ‘अरूका गलफ्रिनलाई हेर्दै हिँड्ने बाँनी छैन मेरो ।’
मीत बा
हामी सबैले मार्सल आर्ट, कराँते, फुटबल, साइक्लिङ, क्रिकेट तथा विभिन्न खेलहरू सिक्नै पर्ने हो, तर हामीले जिन्दगी भर सिरक ओढेर घोक्न सिक्यौं । अहिले अनावश्यक खोक्न सिक्यौं । ८० वर्षका पाका कुइरे साइकलमा मुक्तिनाथ घुम्न हिँडेको अनौठो देख्यौं– वीर गोर्खाली ।
अर्जुन आचार्य
बाहिरबाट हेर्दा मौन देख्नेलाई के था मन भित्र चलिरहेको आँधिबेरी ।
प्रतीक्षा श्रेष्ठ
एउटा हातमा लाइटर, अर्को हातमा चुइगमको सेतो फोईल अनि चुइगमको सेतो फोइल माथिबाट निस्किरहेको ब्राउन सुगरको कालो धुवाँ । मलाई आठ वर्ष लागेछ त्यो कालो धुवाँले चुइगमको खोस्टा होइन मेरो जिन्दगी डढाइरहेको छ भन्ने कुरा बुझ्न अनि आठै वर्ष लागेछ मलाई आफ्नो असली औकात र हैसियत थाहा पाउन ।
अनुप तिमिल्सिना
चुरोट अनि श्रीमती दुवैबाट कुनै नोक्सान छैन, बस यिनीहरूलाई जलाउनु भएन– एक सत्य ।
ध्रुप
सामाजिक सञ्जाल चलाउने १ करोड जनसंख्यामा ६५ लाख नेपाली रोजगारीको सिलसिलामा देश बाहिर छन् । देश–समाजमा घटेका नराम्रा कामको विरोध गर्ने भनेको यीनै विदेशमा बस्ने नेपालीहरूले हो । बाँकी ३५ लाखमा सामाजिक सञ्जाल प्रयोगकर्ता ९० प्रतिशत नागरिक पारिवारिक कुरा मात्र गर्छन्, बाँकी दश प्रतिशत हावादारी गफ लाउँछन् ।
डा.एलिया अर्याल
स–साना बम, बारुदका गोला फुट्नु, सामान्य धनजनको क्षति हुनु नगण्य कुरा हो । देशको कार्यकारी प्रमुखको मनोविनोदमा बाधा पुग्नु भएन । सबैलाई चेतना भया । विरोध निषेध छ ।
महेश क्षेत्री
कति हाँस्नु– एउटाले जिएफको नामको ट्याटु हानेको रैछ, जिएफ चैं अर्कैसँग पोइला गैछिन् । अब उ त्यही नामकी अर्को केटी खोज्दै छ रे जिएफ बनाउन ।
हेलासी
यहाँ अक्सर मेडिकल पढ्नेहरू बिरामी हुन्छन् । ल पढ्नेहरूले कानुन तोड्छन् । म्यानेज्मेन्ट पढ्नेको जिन्दगी अस्तव्यस्त हुन्छ ।
श्रीसन्त नेवाज
गाउँका धेरै वडाध्यक्ष आफ्नै डोजर र हार्डवेयर पसल चलाएर बिग्रिए, मैले मानें । सहरी क्षेत्रका वडाध्यक्षहरूले चाहिँ के उत्पात नापे ? यिनीहरूले नापेको एक बित्ता मात्रै कसैले देखाए हुने नि ।
रञ्जित तामाङ