साप्ताहिक संवाददाता
रोबोटिक्स एसोसिएसन अफ नेपाल (¥यान) ले विभिन्न संस्थाहरूको सहयोगमा विज्ञान, प्रविधि तथा उद्यमशीलताको महोत्सव यन्त्रको सातौ संस्करण गत साता सम्पन्न गरेको छ । एसोसिएसनले २०१० देखि रोबोटिक्स र स्वचालित प्रविधिमा काम गर्दै आएको छ । यन्त्र ७.० को मुख्य सहयोगी यूएनडीपी नेपाल थियो भने अन्य धेरै सरकारी तथा गैरसरकारी संस्थाले त्यसको आयोजनामा सहयोग पु¥याएका थिए ।
अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिताअन्तर्गत यन्त्र म्यानुअल अखडा (रोबोवार), यन्त्र अटोमेटिक अखडा (एआई रोबोवार) तथा यन्त्र राष्ट्रिय लिग (रोबोट फुटबल) समावेश थिए । उक्त अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाल, भारत एवं भुटानका ६० वटा इन्जिनियरिङ तथा उच्च माध्यमिक विद्यालयका विद्यार्थी समूहहरूको सहभागिता थियो । यन्त्र म्यानुअल अखडा (रोबोवार) मा नेपालका १४ वटा इन्जिनियरिङ कलेजका टिम, भारतका तीन वटा टिम तथा भुटानको एउटा टिमले प्रतिस्पर्धा गरेका थिए । म्यानुअल अखडामा एउटा रोबोटले अर्को रोबोटलाई चोट पु¥याउनु पथ्र्यो । धेरै चोट पु¥याउने वा धेरै आक्रमण गर्नेले प्रतिस्पर्धा जितेको थियो । यसमा भारतको टिम ब्ल्याकबर्डले प्रथम स्थान हासिल ग¥यो भने भारतकै सीईआरटीले दोस्रो स्थान हासिल ग¥यो ।
यन्त्र अटोमेटिक अखडा
यन्त्र अटोमेटिक अखडा (एआई रोबोवार) मा नेपालका १२ वटा इन्जिनियरिङ कलेजका टिमले प्रतिस्पर्धा गरेका थिए । अटोमेटिक अखडामा जितका लागि एउटा रोबोटले अर्को रोबोटलाई स्वचालित रूपमा पहिचान गरी प्रतियोगिताको एरेनाबाट खसाल्नु पर्ने थियो । अर्को रोबोट पहिचानका निम्ति प्रतियोगिहरूले क्यामेरा र केही सेन्सर प्रयोग गरेर इमेज प्रोसेसिङ, मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स आदि प्रविधि प्रयोग गरेका थिए । यन्त्र अटोमेटिक अखडामा नेपालको पहिलो पीको स्याटलाइट बनाउने कम्पनी ओरियन स्पेसको समूह हन्टर २.० प्रथम भयो । हन्टर २.० मा सौरभ पौडेल, सरोज गुरुङ, रबिन पराजुली, सुशील श्रेष्ठ तथा राजेस धुसु सदस्य थिए । उनीहरूको रोबोटले नेपाल इन्जिनियरिङ कलेजको रोबो एनईसीलाई हराएको थियो ।
यन्त्र नेसनल लिग
यन्त्र नेसनल लिग (रोबोट फुटबल) मा नेपालका ७ वटा इन्जिनियरिङ कलेज तथा ८ वटा प्लस टु कलेजका टिमले प्रतिस्पर्धा गरेका थिए । भारतको टिम जेननले पनि उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । यन्त्र नेसनल लिगअन्तर्गत जसले ६ मिनेटको समयमा धेरै गोल हान्यो उही विजेता हुन्थ्यो । रोबोटिक्समा चासो राख्ने र रोबोट निर्माणको सुरुवाती अवस्थामा रहेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो । यन्त्र नेसनल लिगको विजेता युनाइटेड एकेडेमीको समूह भयो भने टिम यूएआरसी वान र यूएआरसी टुले दोस्रो र तेस्रो स्थान हासिल गरे । यूएआरसी वानले भारतको टिम जेननलाई ३–२ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । यूएआरसी वानको समूहमा सुदिप भुसाल, उज्वल ढकाल, श्रीजन घिमिरे तथा शिशिर सुवेदी थिए ।
रोबो बिजनेस कप
रोबो बिजनेस रोबोटिक्स बिज्ञान र प्रविधिमा आधारित उद्यमशीलता प्रवद्र्धन गर्न आयोजित गरिएको हो । उक्त अवसरमा उद्यमशीलता विकास गर्न र रोबो प्रविधिको विकास गर्न २ दिने मेन्टरसीप कार्यक्रम सञ्चालन गरिएको थियो । मेन्टरसिपको पहिलो दिन इन्टेलेक्चुअल प्रोपर्टी व्यवस्थापन, प्रोटोटाइप टु प्रोडक्ट, थ्रीडी प्रिन्टिङ तथा सिस्टम डिजाइनसम्बन्धी प्रोडक्ट विकासको कार्यक्रम तथा दोस्रो दिन आइडिया टु रियालिटी, दिगो विकासको महत्व, बिजनेस मोडल क्यानभास विकास तथा बिजनेस आइडिया प्रस्तुति सम्बन्धि मेन्टरसीप दिइएको थियो ।
रोबो बिजनेस कपको विजेता ख्वप इन्जिनियरिङ कलेजको टिम हर्के तथा कान्तिपुर इन्जिनियरिङ कलेजको टिम नेक्स्ट जेनेरेसन हेल्मेट भए । रौनक जोशी, बिज्ञान सुबेदी, कृष्ण कुमार चौलागाइ तथा प्रमिला साख सम्मिलित टिमको रोबोटले गोलभेडा टिप्ने तथा आवश्यकता अनुसार किटाणु नष्ट गर्न औषधि छर्कने काम गर्छ । त्यस्तै रौनक हाडा, अच्यूत तिमिल्सिना, युक्ति भट्ट एवं मेषुका रायमाझीको समूहले सुरक्षा नामक नेक्स्ट जेनरेसन हेल्मेट तयार पारेका थिए जसको प्रयोग गर्दा मापसे गरेका बेला बाइक चल्दैन भने दुर्घटना हुँदा हेल्मेटमार्फत नै परिवारको सदस्यलाई जानकारी पुग्छ्र ।
यन्त्र लर्निङ
यन्त्र लर्निङ मेसिन लर्निङ प्रतियोगिता हो । मेसिन लर्निङ प्रयोग गरी कृषि तथा स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न आयोजित उक्त प्रतियोगितामा सहभागीहरूका लागि २ दिने ह्याकाथन सम्पन्न गरिएको थियो । २ दिने ह्याकाथनमा प्रतियोगिहरूलाई वर्कसप र विज्ञद्वारा मेन्टरसिप प्रदान गरिएको थियो जहाँ प्रतियोगिहरूले आ–आफ्ना समाधान पनि समानान्तर रूपमा बनाइरहने वातावरण थियो । कुन्जुङ शेर्पा र कुशल इङनामको टिम सोक्रेट्सले यन्त्र लर्निङमा प्रथम स्थान हासिल ग¥यो । टिम सोक्रेट्सले छातीको एक्सरे हेरर सम्भावित रोगहरूको अनुमान लगाउन सक्ने मेसिन लर्निङ सिस्टम तयार पारेको थियो । उक्त अवसरमा समूह इआर साथीले उत्कृष्ट प्रस्तुतिको उपाधि हात पा¥यो ।
यन्त्र किड्स
रोबोटिक्समा स्कुलका बिद्यार्थीहरूको रुची बढाउन र भोलिको प्रविधिसँग आत्मसात गर्न यन्त्र किड्स प्रतियोगिता सञ्चालन गरिएको थियो । यन्त्र किड्सअन्तर्गत कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूका लागि रोबोट कसरी बनाउने भनेर डिजाइन थिंकिङ कार्यक्रम सञ्चालन गरिएको थियो । यसअन्तर्गत धनगढीको टिम फारवेस्टले पहिलो तथा कान्जिरोवा स्कुलको समूह दोस्रो भएका थिए । त्यसबाहेक पोखरा, विराटनगर र धनगढीमा क्षेत्रीय स्तरमा विभिन्न प्रतियोगिता आयोजित गरिएको एसोसिएसनका अध्यक्ष विकास गुरुङले बताए ।