साप्ताहिक संवाददाता
फाल्गुन २०, २०७५
चैत १ गतेदेखि प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’का संवाद अहिले भाइरल भैरहेका छन् । चलचित्रको ट्रेलरमा अभिनेता अनुपविक्रम शाही र वर्षा शिवाकोटीबीचको संवाद भाइरल भएका हुन् । ‘कति तान्छस् चुरोट..’, ‘तैले त बूढी जत्तिकै दिइस्...’ भन्ने संवाद टिकटकमा अहिले सर्वाधिक प्रयोग भैरहेको छ ।
यस्तै चलचित्रका कलाकार शिव मुखिया र अनुपविक्रमबीचको संवाद ‘आफूले मन पराउने भन्दा आफूलाई माया गर्ने मान्छे पाउने व्यक्ति भाग्यमानी हुन्छ यो संसारमा’ तथा ‘सँगुरको मासु काँचै खा...’ डाइलग पनि टिकटकमा अपलोड हुन थालेको छ ।
भीषण राईद्वारा निर्देशित यो चलचित्रको वल्र्ड प्रिमिडर फागुन ११ गते हङकङमा गरियो । ठेट पूर्वेली शब्दहरू प्रयोग गरिएको चलचित्र पुरानो बुलेटको ट्रेलर सार्वजनिक भैसकेको छ ।