मलाई घरपालुवा जनावरमध्ये कुकुर एकदमै मन पर्छ । किनभने कुकुर निकै बफादार हुन्छ ।
राजु ढकाल, गायक
घरमा मुसाले धेरै दुःख दिएको देख्दा मलाई बिरालो मन पर्छ, किनभने बिरालोले मुसालाई मार्छ ।
लोकराज अधिकारी, गीतकार
परेवालाई शान्तिको प्रतीकका रूपमा लिइन्छ । त्यसैले म परेवा पाल्न रुचाउँछु ।
निर्मल शर्मा, हास्य अभिनेता
कुकुरले घरको सुरक्षा गर्ने अनि अनुशासित पनि हुने भएकाले मलाई घरपालुवा जनावरमा कुकुर नै मन पर्छ ।
अनिता चलाउने, गायिका
मलाई कुकुर मन पर्छ । किनभने जति नै चाटे पनि बफादार त हुन्छ ।
सुव्रतराज आचार्य, निर्देशक
सुरक्षाका लागि एकदमै राम्रो भएकाले मलाई कुकुर नै मन पर्छ ।
लक्ष्मी ठाकुर, हेयर स्टाइलिस
मलाई कुकुर साथी जस्तै लाग्छ । किनभने कुकुर मानिसभन्दा पनि इमान्दार अनि अनुशासित हुन्छ ।
धिताल चिरिच्याँट्ट, हास्यकलाकार
इमान्दार अनि रक्षक घरपालुवा जनावर भएकाले मलाई कुकुर निकै मन पर्छ ।
कुलेन्द्र विश्वकर्मा, गायक
गाई एकदमै मन पर्छ । किनभने गाई दयालु, मायालु अनि आफैंमा सफा हुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर पनि हो ।
टिका प्रसाईँ, गायिका
कुकुर मन पर्छ । आफू जस्तो भए पनि मानिसहरू इमान्दार दास अनि भक्तहरू मन पराउँछन् । कुकुर इमान्दार दास र भक्त दुवै हो । गालीले मुटु चिर्यो भने आफ्नै सन्तानले पनि बाबुआमासँग बिद्रोह गरेर घर छाडेर जान्छन्, तर जति गाली गरे पनि, पिटे पनि कुकुरले कहिल्यै घर छाड्दैन र आफ्नो मालिकलाई मृत्युपर्यन्त साथ दिन्छ । कुकुरले मालिकको चोर्न र चिटिङ गर्न जानेको हुँदैन । भोको कुकुरले पनि नदिई चोरेर खाँदैन । यो एउटा अद्भुत प्राणी हो ।
अमर न्यौपाने, साहित्यकार
घरको रक्षा पनि हुने अनि राम्रो साथी पनि भएकाले मलाई कुकुर मन पर्छ ।
शिव विक, नृत्य निर्देशक
मलाई खरायो मन पर्छ । किनभने यसले फोहोर गर्दैन, सधैं सफा हुन्छ । मलाई यसको आँखा सबैभन्दा राम्रो लाग्छ । म त कहिलेकहिँ खरायो हेररै दिन बिताइदिन्छु ।
मुकन भुसाल, अभिनेता
मलाई गाई एकदमै मन पर्छ । गाईलाई हामी हिन्दूहरू लक्ष्मीका रूपमा पनि लिन्छौं । लक्ष्मी घरका लागि शुभ पनि मानिन्छ । अर्को कुरा गाई आफैंमा राम्रो जनावर हो । यसले दिने दूध स्वास्थ्यका दृष्टिले निकै लाभदायक हुन्छ ।
राम ठाकुर, हेयर स्टाइलिस
कुकुर एकदमै मन पर्छ । किनभने कुकुर एकदमै इमान्दार हुन्छ । यो मानिसको एक्लोपनको साथी पनि हो ।
विनोद न्यौपाने, अभिनेता
मलाई कुकुर मन पर्छ । किनभने यो हेर्दा पनि क्युट हुन्छ । बफादार हुन्छ । घरको रेखदेखका लागि पनि निकै राम्रो मानिन्छ ।
गम्भीर विष्ट, नृत्य निर्देशक
मलाई घरपालुवा जनावरमध्ये कुकुर नै हो सबैभन्दा मनपर्ने ।
जाङ्मु शेर्पा, मोडल
मलाई कुकुर मन पर्छ । किनभने कुकुर इमान्दार अनि बफादार हुन्छ । हामीले कुकुरबाट सिक्नुपर्ने कुरा धेरै छन् ।
कुमार कट्टेल, हास्य अभिनेता
कुकुर, बिरोलो, गाई, बाख्रा, भैंसी, कुखुरा सबैको माया लाग्छ । यसमध्ये पनि मलाई धेरै मन पर्ने भनेको कुकुर हो ।
देवी घर्ती, गायिका
मलाई सुगा एकदमै मन पर्छ । किनभने सुगा पाल्दा घरकै शोभा बढ्छ ।
नीता ढुंगाना, अभिनेत्री