‘वी वील राईज फाउण्डेशन’को भिडियो च्यालेन्ज प्रतियोगितामा सहभागीताका लागि हङकङबाट आहृवान गरिएको छ । फाउण्डेशनका संस्थापक निर्देशक तुलसीकुमार गुरुङ, संस्थापक सुरज गुरुङ, अभियानको शुरुवातीकालबाटै संम्लग्न पक्रकारद्धय डम्बरकृष्ण श्रेष्ठ, देवराज राईको संयुत्त संयोजनमा आयोजित पत्रकार भेटघाटमा हङ्कङेलीहरुलाई उक्त आहृवान गरिएको हो ।
नेपाल पर्यटन बोर्डसँग सहकार्य गरि नेपाल भ्रमण बर्ष २०२० लाई पर्यटनमुखी बनाउनका लागि घोषणा गरिएको भिडियो च्यालेन्ज प्रतियोगिता अहिले नेपालैभरि चलिरहेको छ । हङकङमा रहेका हामी नेपालीहरु नेपालको विभिन्न ठाउँबाट आएका छौँ, आफ्नो गाउँठाउँको परिचयसँगै पर्यटन प्रवद्धन गर्नका लागि केहि योगदान गर्न सक्छौँ भन्ने अभिप्रायले हङकङमा आहृवान गरिएको हो निर्देशक तुलसीकुमार बताउँछन् ।
हङकङबाट प्रतियोगितामा कसरी भाग लिने ? भन्ने प्रश्नको उत्तर दिदै निर्देशक गुरुङ भन्छन नेपालबाट आफ्नो गाउँठाउँको भिडियो मगाएर प्राविधिक काम हङकङमा गरेर पनि च्यालेन्ज प्रतियोगितामा भाग लिन सकिनेछ ।
शिक्षण पेशासँगै पत्रकारिता गरिरहेका देवराज राई भन्छन् हामी हङकङमा छौँ, तर हाम्रा आफन्त, विचार भावना र सोच सदैव नेपालमै छ, बर्षोदेखि पर्यटनको संभावना बोकेको नेपालको ति विकट अदभूत ठाउको परिचय दिने उत्कृष्ट अवसर हो भिडियो च्यालेन्ज प्रतियोगिता । दुरदराजमा भिडियो बनाउने सुविधा नहोला तर हामीले त्यहाका स्थानिय प्रतिभाहरुलाई सहयोग गर्न सक्छौ । त्यो सानो भिडियोले तपाईको गाउ पर्यटकीय सम्भावनाको उत्कृष्ट उपज पो बन्छ कि ? तपाईको सानो सहयोगले बनेको भिडियो उत्कृष्ट भई ति प्रतिभाहरुलाई उत्प्रेरणा मिल्छ कि ? सोच्ने बेला आएको छ उनी थप्छन् ।
भिडियोमा कुनैपनि प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदिलाई एउटा विषय बनाएर प्रस्तुत गर्न सकिनेछ, तर भिडियो नेपालकै हुनुपर्ने प्रावधान छ ।
प्रतियोगिले आफुसग भएको स्मार्ट फोन, क्यामराले एचडी क्वालिटीमा भिडियो खिचेर डकुमेन्ट्री (सम्पादन, स्क्रिप्ट) समावेश गरेर प्रतियोगितामा सहभागि हुन सक्नेछन् ।
डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, डकुमेन्ट्री एवं चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, बरिष्ठ साउण्ड विज्ञ प्रदिप उपाध्याय र नेपाल पर्यटन वोर्डका सिईयो दिपक जोशीले भिडियोको उत्कृष्टता चयन गर्नेछन् ।
निर्णायकहरुबाट चयन भएको भिडियो फाउण्डेशनको युट्युव, फेसबुक पेजमा राखेर प्रचारप्रसार गरिनेछ, जसमा धेरै लाईक, कमेन्ट र सेयर आउनेछ त्यो भिडियो पिपुल च्वाईस अवार्डको लागि योग्य हुनेछ । निर्णायक समितीले भने उत्कृष्ट भिडियोको निर्णय गर्नेछन् । दुवै विधामा पहिलो हुने भिडियोले एक एक लाख रुपैया नगद पुरस्कार पाउनेछन् । यो वाहेक नेपाल फिल्म एकेडेमीले करिव २ लाख बराबरको छात्रवृति समेत दिनेछ । प्रतियोगिताम फस्ट रनरअप हुने भिडियोले ५० हजार र सेकेन्ड रनर्सअप हुने भिडियोले २५ हजार रुपैया पाउनेछन् । त्यस्तै उत्कृष्ट सम्पादन र सर्वोकृष्ट स्क्रिट भएको भिडियोले पनि २५, २५ हजार रुपैया प्राप्त गर्नेछन् । जनवरी १ तारिकबाट शुरु भएको यो प्रतियोगिता ४ महिनासम्म चल्नेछ ।