साप्ताहिक संवाददाता
चलचित्र लभ स्टेशनको ट्रेलर सार्बजनिक भएको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो, जहाँ अभिनेता प्रदीप खड्का र जसिता गुरुङबिचको प्रेम, सम्बन्धमा आउने बिभिन्न समस्या र रोदनलाई देखाइएको छ ।
ईलाम, सिक्कीम लगायतका स्थानमा खिचिएको चलचित्रको ३ मिनेट २१ सेकेण्ड लामो ट्रेलर हेर्न लायक बनेको छ । उज्जवल घिमिरेले निर्देशन, गोबिन्द शाहीको निर्माणमा बनेको चलचित्रको केहि दिनअघि फस्टलुक सार्वजनिक गरिएको थियो । निर्माण पक्षले केहि हप्ताअघि चलचित्रको शिर्ष गीत सार्वजनिक गरेको थियो । फस्टलुक र पोस्टरबाट मन जितेको चलचित्रको ट्रेलररलाई पनि दर्शकले मन पराएका छन् ।
चैत २२ मा प्रदर्शन हुन लागेको चलचित्रमा प्रदीप र जसिताबाहेक रमेश वुढाथोकी, सिरु विष्ट, रबी डंगोल, प्रियान रिजाल, प्रकाश शाह, कालु राना, दिनेश काफ्ले, रश्मी पाण्डे, रिशु खरेल लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
यस्तो छ ट्रेलर