साप्ताहिक संवाददाता
फाल्गुन २३, २०७५
बेलायतका मौसम वैज्ञानिकहरूका अनुसार सन् २०१४ मा सुरु भएको दशक पृथ्वीको पछिल्लो १ सय ५० वर्षको इतिहासमा सबैभन्दा गरम दशक हुनेछ । वैज्ञानिकहरूका अनुसार आगामी ५ वर्षमा पृथ्वीको सतहको औसत तापक्रम पछिल्लो दशकको तुलनामा १ डिग्री सेल्सियस बढी हुनेछ ।
ब्रिटिस मौसम विभागले विभिन्न स्रोतबाट उपलब्ध तथ्यांकहरू केलाएर उक्त निष्कर्ष निकालेको हो । पृथ्वीको तापक्रम सम्बन्धी जानकारी सन् १८५० देखि उपलब्ध हुन थालेको हो । त्यसयता मौसमसम्बन्धी वैज्ञानिक अध्ययनहरूमा आमुल परिवर्तन आइसकेको छ ।
यसैक्रममा गत वर्ष केलाइएको तथ्यांकअनुसार सन् २०१५, २०१६, २०१७ तथा २०१८ लाई पछिल्लो १ सय ६९ वर्षको इतिहासमा सबैभन्दा गरम वर्ष घोषणा गरिसकिएको छ ।