साप्ताहिक संवाददाता
गायक सरोज कोइरालाको दोस्रो एकल एल्बम ‘आकृति’ सार्वजनिक भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा एल्बमको विमोचन गरियो । लोकप्रिय संगीतकार शम्भुजित बाास्कोटा, बरिष्ठ संगीतकार प्रकाश गुरुङ, संगीतकार सुरेश अधिकारी, महेश खड्का, निर्देशक नरेश पौडेल, देव नेपाल, गायक तुलसी पराजुली, गीतकार चुाडामणि देवकोटा तथा क्रियटर रुमका सञ्चालक निर्मल ढकालले संयुत्त रुपमा विमोचन गरेका हुन् । सरोजकै शब्द्संगीत र स्वर रहेको एल्बममा चार वटा गीत छन् । संगीत संयोजन सुदिप सागरले गरेका हुन ।
कार्यक्रममा लोकप्रिय संगीतकार शम्भुजित बाँसकोटाले सरोजको संगीत र स्वर दुवै राम्रो भएको बताए । उनले सरोजको स्वर आफ्नो संगीत रहेको गीतमा समेत प्रयोग गर्ने बताए । संगीतकार सुरेश अधिकारी र महेश खड्काले पनि नेपाली संगीतमा सरोजको भविष्य उज्वल रहेको उल्लेख गरे । यसअघि नै चलचित्र लेखक तथा निर्देशक देव नेपालले आगामी वैशाखदेखि बन्ने चलचित्रमा सरोज कोइरालालाई नै संगीतकार लिने घोषणा गरेका थिए ।
वरिष्ठ संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङले सरोज आफ्नो सवैभन्दा राम्रो विद्यार्थी भएको सुनाए । सञ्चार क्षेत्रमा हराउाछ कि भन्ने डर लागेको बताएका उनले दोस्रो एल्बम सार्वजनिक गरेकोमा खुसी व्यक्त गरेका थिए ।
गायक सरोज कोइरालाले संगीत क्षेत्र कहिल्यै नछाड्ने बताए । उनले सञ्चारक्षेत्रमा आउनुभन्दा पहिले संगीत गरेको एउटा गीत समेत आकृति एल्बममा समावेश गरेको जानकारी दिए ।
कार्यक्रममा आकृति एल्बमको दुई वटा र ७० सालमै सार्वजनिक भएको सरोजको पहिलो एल्बम ‘सगुन’ को एउटा गीत गरी तीन वटा भिडियो समेत देखाइएको थियो । आकृतिको मन मेरो केवल बोलको गीतमा रमेश सोडारी, माला थापा र अर्जुन कुावरले अभिनय गरेका छन् । त्यस्तै सासै फेर्न बोलको गीतमा चन्ऽमणि मुडवरी र शोभा पौडेल छन् । सगुन एल्बमको आत्माको माय गीतमा चाहिा अर्जुन कुावर र सुक्रिया श्रेष्ठले अभिनय गरेका छन् । मन मेरो केवल र आत्माको मायाको भिडियोलाई देव नेपालले निर्देशन गरेका छन् भने सासै फेर्न बोलको गीतलाई चन्द्रमणिलेनै निर्देशन गरेका हुन् ।
सञ्चारकर्मीको रुपमा परिचित सरोज कोइरालाले सञ्चार क्षेत्रमा आउनुअघि देखि नै संगीतमा संघर्ष गर्दै आएका थिए । एसएलसि दिएपछि झापाको सुरुंगामा ध्रुव पाठकसाग संगीतको आधारभुत ज्ञान लिएर काठमाडाौ आएका उनले साधना कला केन्द्रमा प्रकाश गुरुङसाग लगातार तीन वर्ष प्रशिक्षण लिएका थिए । २ वटा एल्बम सार्वजनिक गरेका उनले म्हेन्दु, अघोरी जस्ता चलचित्रका गीतमा पनि संगीत र स्वर दिइसकेका छन् ।ए