साप्ताहिक संवाददाता
फाल्गुन २५, २०७५
कलाकारितामा जम्ने ध्याउन्नमा छिन्— चाँदनी बुढाथोकी (२०) । झापा दमक–८, किराँत चौककी बुढाथोकी केही ‘चुजी’ पनि छिन् । उनलाई सधैं ‘थोरै काम गरौं तर राम्रो गरौं’ भन्ने लागिरहन्छ । त्यसैले पनि होला, उनले थोरै म्युजिक भिडियोमा मात्र काम गरेकी छिन् । चाँदनीले गायक दीपेन्द्र अधिकारीको ‘आँखाभरि...’ गीतमा अभिनय गर्दै आफ्नो अभिनय यात्रा शुभारम्भ गरेकी हुन् ।
बिस्तारै उनले विराटनगरमा भएको मिस मोडर्न एरा तथा काठमाडौंमा भएको पेजेन्ट नेपाल विनर फेसन शो आदिमा भाग लिइन् । यस्तै काठमाडौंमा सम्पन्न मिस ग्यालेक्सी नेपाल–२०१८ मा उनले मिस ब्युटिफुल तथा सोसल वेलफेयर एम्बेस्डरको उपाधि हात पारिन् ।
चाँदनी भन्छिन्– ‘भावी दिनमा सफल कलाकार बन्छु भन्ने छ । कसैको कुभलो नचिताई हिँडियो भने अवश्य सफल भइन्छ भन्ने कुरामा विश्वस्त छु ।’