साप्ताहिक संवाददाता
फाल्गुन २५, २०७५
प्रियंका चोपडाले दुई महिनाअघि अमेरिकी गायक निक जोन्ससँग विवाह गरेकी थिइन् । विवाह गरेदेखि नै सञ्चारमाध्यमले प्रियंका र निकको उमेर अन्तरका बारेमा विभिन्न टीका–टिप्पणी गर्दै आएका छन् ।
आलोचनाबाट वाक्क भएकी प्रियंकाले आफ्नो एउटा अन्तर्वार्ताका क्रममा खरो प्रश्नको खरै जवाफ दिएकी छिन् । प्रियंकाको सबैभन्दा महत्वपूर्ण जवाफ थियो– ‘हो, म निकभन्दा दस वर्षले जेठी छु...’ ।
अन्तर्वार्ताकै क्रममा प्रियंकाले आफूले हिन्दू धर्म मान्ने बताउँदै अर्को एउटा जिज्ञासाको जवाफमा भनिन्– ‘एक दिन म बच्चा पनि जन्माउनेछु ।’