साप्ताहिक संवाददाता
फाल्गुन २६, २०७५
चलचित्र जात्रै जात्रामा सदावहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री सारा शिर्पाइली केमियो भूमिकामा देखिने भएका छन् ।
उक्त चलचित्रको गीतमा चलचित्रका मुख्य पात्र बिपिन कार्की र वर्षा राउतसँगै उनीहरूको पनि नृत्य छ । यो चलचित्रमा दयाहाङ राई, रवीन्द्र झा तथा रवीन्द्र सिंह बाँनिया आदिलाई समेत देख्न सकिनेछ । प्रदीप भट्टराईले निर्देशन गरिरहेको यो चलचित्र ‘जात्रा’को सिक्वेल हो ।
चलचित्र ‘जात्रै जात्रा’सँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै करिश्मा मानन्धर भन्छिन्, ‘यो चलचित्र कहिले प्रर्दशन हुन्छ भन्ने पर्खाइमा छु । चलचित्रको गीतमा आफूलाई पनि देख्न पाइने भएकाले उत्साहित छु ।’