साप्ताहिक संवाददाता
फाल्गुन २७, २०७५
पेटको बलमा सुत्ने ।
दुवै हातले गोडाको नली हाड समाउने ।
श्वास भर्दै गोडा र हात तन्काउने ।
नाभीलाई जमिनमा टेकाउने ।
शरीरलाई धनुष जस्तो बनाएर क्षमतानुसार १० देखि ३० सेकेन्डसम्म श्वास रोक्ने ।
श्वास छाड्दै पूर्व स्थितिमा आउने ।
फाइदा
मेरुदण्ड लचिलो, सबल एवं स्वस्थ रहन्छ ।
गर्धन, ढाड एवं कम्मरको समस्यामा लाभ मिल्छ ।
छाती पुष्ट एवं आकर्षक देखिन्छ ।
अनुहारमा रक्त प्रवाह बढेर चमक आउँछ ।
शारीरिक स्फूर्ति बढ्छ ।
महिलाहरूको महिनावारीको समस्यामा लाभ हुन्छ ।
आलस्यता एवं अल्छीपन हट्छ ।
पिसाबसम्बन्धी समस्यामा लाभ मिल्छ ।
बालबालिकाहरूले निदाएका बेला थाहै नपाई पिसाब फेर्ने समस्या समाधान हुन्छ ।