साप्ताहिक संवाददाता
फाल्गुन २८, २०७५
भोजपुरी चलचित्रका मेगास्टार रवि किसनकी छोरी रीवा किसन पनि चलचित्रमा पदार्पण गर्दैछिन् । रीवा किसनको पहिलो चलचित्र सब कुसल मंगल है को शुभमुहूर्त गत शनिबार झारखण्डको राजधानी राँचीमा गरिएको छ ।
आफ्नी छोरीको पहिलो चलचित्रको शुभमुहुर्तका अवसरमा रवि किसन आफ्नी श्रीमती प्रीति शुक्लाका साथ उपस्थित थिए । उक्त अवसरमा पद्मिनी कोल्हापुरी, निर्देशक करण कश्यप तथा चलचित्रका अभिनेता प्रियांक शर्मासमेत देखिन्थे ।
रीवासँग जोडी बनाउन लागेका प्रियांक शर्मा पद्मिनी कोल्हापुरीका छोरा हुन् ।