साप्ताहिक संवाददाता
फाल्गुन २८, २०७५
माइक्रोन तथा स्यानडिस्कले १ टीबी अर्थात् १ हजार २४ जीबी स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेका छन् । उक्त मेमोरी कार्डले पर्याप्त पर्फमेन्स दिन्छ र यसमा फोरके भिडियो पनि रेकर्ड गर्न सकिन्छ ।
स्यानडिस्कको मेमोरी कार्डले १ सय ६० एमबीपीएसको रिड स्पिड र ९० एमबीपीएसको राइट स्पिड तथा माइक्रोनको मेमोरी कार्डले १ सय एमबीपीएसको रिड स्पिड र ९५ एमबीपीएसको राइट स्पिड दिने दाबी गरिएको छ ।
स्यानडिस्कको मेमोरी कार्डको अन्तर्राष्ट्रिय बजार मूल्य ४ सय ५० डलर छ भने माइक्रोनको मेमोरी कार्डको मूल्य भने सार्वजनिक गरिएको छैन ।