साप्ताहिक संवाददाता
फाल्गुन २९, २०७५
बलिउड अभिनेतृहरू रोमान्स, विवाह तथा सन्तानका कारण सदैव चर्चामा रहन्छन् । यसबीच सैफअलि खानसँग विवाहित करिना कपुरले दोस्रो पटक सन्तान जन्माउने भएकी छिन् ।
तीन वर्षअघि एउटा छोरा जन्माइसकेकी करिनाले अर्को सन्तान जन्माउने घोषणा गर्दै आफ्नो बेबी बम्पसमेत देखाएकी छिन् ।
करिना गर्भवती भएको संकेत गर्ने तस्बिर यतिबेला सोसल मिडिया तथा इन्टरनेटमा भाइरल भएका छन् ।