म अहिले २१ वर्षको भएँ । मेरो वीर्यमा तरल र ठोस पदार्थ (चामलजस्तो) आउँछ । किन यस्तो आएको हो ? यस्तो भएको म १४ वर्ष हुँदादेखि हो । यसअघि तरल पदार्थ मात्र आउँथ्यो । केही महिनाअघि मेरो यौनकर्मीसँग कन्डम लगाएर सम्बन्ध स्थापित भएको थियो । सम्पर्कपछि कन्डमको बाहिर चिप्लो महसुस भएको थियो । मैले सोचें, केटीको योनिबाट निस्किएर लागेको होला, तर त्यसको दुई–तीन दिनपछि टाउको गह्रुँगो भयो । पिसाब गर्यो तर फेरि आएजस्तो हुने भएको थियो, अहिले भने यो समस्या छैन । त्यतिबेला मेरो मुखमा अल्सर (ulcers) आएको थियो र mouthwash liquid ले सफा गरेपछि आएको छैन । ओठको कुनामा बिमिराहरू र गालाको छेऊमा डल्लो (lump) आउने, तीन–चार हप्तापछि हराउने, लिङ्गको मुण्डमा पसिना/तेलजस्तो आउने हुन्छ । यो कस्तो खालको समस्या हो ?
४३७
वीर्य कस्तो हुन्छ ?
यौन उक्तेजनालाई निरन्तरता दिइएको स्थितिमा चरमसुख (orgasm) प्राप्त हुने हाराहारीमा मूत्रद्वारवाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ । सामान्य रूपमा यौनसम्पर्क गर्दा योनिभित्रै वीर्य स्लखन गरिँदा वीर्य कस्तो हुन्छ भन्ने कुरामा खासै चासो नहुन सक्छ तर हस्तमैथुनका बेला वीर्य स्खलन प्रत्यक्ष रूपमा देखिने भएकाले चासो पनि हुनसक्छ ।
वीर्यको रंग सामान्यतः धमिलो किसिमको सेतो सेतो हुने भए पनि हल्का पहेँलो वा खरानी रंगको समेत हुन सक्छ । यसको गन्ध विशेष किसिमको हुन्छ र क्लोरिनको गन्धसँग मिल्दोजुल्दो हुन्छ । स्वादमा यो हल्का गुलियो हुन्छ तर भोजनदेखि अन्य कतिपय कुराले यसको सुवासमा विविधता ल्याउन सक्छ । यो क्रिम वा जेलीजस्तै वनावटको र केही च्यापच्यापे फ्रकृतिको हुन्छ ।
वीर्य व्यक्तिअनुसार र एकै व्यत्तिमा पनि फरक–फरक हुनसक्छ । यसको स्वरुष, गन्ध, रङ्ग अनि स्वादजस्तो कुरामा विविधता पाइन्छ । यस्तो विविधता पाइने कारणमा ताफक्रम, शारिरीक त्रियाकलाप, भोजन तथा केही समयअघि मात्र वीर्य स्लखन गरिएको जस्ता कुराको प्रभाव पर्छ ।
वीर्यमा चामलजस्तो कुरा
वीर्य स्खलन भएपछि त्यसको केही समयमा यसमा परिवर्तन आउँछ । वीर्य स्खलन हुनासाथ यो केही बाक्लो जेलीजस्तै हुन्छ र केही बेरपछि मात्र पातलिने क्रम सुरु हुन्छ । वीर्य स्खलन हुनासाथको अवस्थामा यसमा भएको प्रोटिनले बाक्लो, निकै च्यापच्यापे स–साना दानाजस्तो बनाउन सहयोग गर्छ । यस्तो प्रकृतिको हुँदा वीर्य योनिमै टाँसिने र सजिलै बाहिर नआउने हुँदा प्रजनन क्षमतामा सकारात्मक असर पर्छ । अब त तपाईंले बुझिसक्नुभयो होला कि चामलजस्तो दाना देखिनुले कुनै खराबी वा यौनरोग भएको कुरालाई संकेत गर्दैन । त्यसैले यस विषयमा अनावश्यक चिन्ता नलिए हुन्छ ।
के–कस्तो स्थितिमा
चिन्ता गर्नुपर्छ ?
तपाईंले वीर्यको सन्दर्भमा भएको जिज्ञासाका साथै यौन रोग भएको हो कि भन्नेतिर संकेत गर्नुभएको छ । यौनकर्मीसँग भए पनि कन्डम लगाएर भएको यौन सम्पर्कमा यौन रोग लाग्ने सम्भावना निकै कम हुने भए पनि केही मात्रामा सम्भावना हुन्छ । तपाईंको टाउको दुख्ने जस्ता लक्षण तनावका कारणले भएको हुनसक्छ । विशेष गरी वीर्यमा आएको परिवर्तनसँगै यदि दुख्ने, ज्वरो आउने, यौन उत्तेजना वा यौन कार्यमा समस्या सिर्जना हुने, पिसाबमा रगत देखिने वा लिङ्गबाट असामान्य रस वा पीपजस्तो आएको स्थिति भने चिन्ताजनक हुनसक्छ । यस्ता लक्षणले यौनाङ्ग तथा प्रजनन अङ्गमा केही खराबी वा संक्रमणलाई संकेत गर्छन् । यौन रोगको शंका छ भने एकपल्ट पिसाब परीक्षण गराउन सकिन्छ ।
अर्को कुरा, वीर्य स्खलनका बेला बाक्लो, दानादारजस्तो भए पनि सामान्य अवस्थामा यस्तै एक घण्टामा त्यो पातलिएर जान्छ, तर एक घण्टा पछि पनि यस्तै चामल जस्तो दानादार भए संक्रमण भएको हुनसक्छ ।
माथि भनिएका लक्षण देखिएको वा यस्तो भएको स्थितिमा भने चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्छ र त्यसै अनुसार उपचार गराउनुपर्छ, तर यस्ता लक्षण वा समस्या छैनन् भने अनावश्यक रूपमा चिन्ता नलिई यौन आनन्द लिनेतिर ध्यान दिनु उचित हुन्छ ।
लिंग मुण्डबाट तेलजस्तो आउने कुरा
लिङ्गमुण्डको corona को पछितिर स–साना sebacious glands (छालामा भएका तैलिय पदार्थ निकाल्ने ससाना ग्रन्थिहरू) हुन्छन् जसलाई Tyson's glands भनिन्छ । यही ग्रन्थिबाट निस्कने तैलीय रस तथा छालाबाट झरेका कोषहरू जम्मा भए त्यसैमा जीवाणुको वृद्धि हुन्छ र सेतो पदार्थ बन्छ । यही सेतो पनिरजस्तो देखिने, एक प्रकारको गन्ध आउने फदार्थलाई smegma भनिन्छ । केही धार्मिक समप्रदायमा जस्तै कि हिन्दू संफ्रदायमा लिङ्गको अग्रचर्म काट्ने चलन छैन, त्यसैले smegma चाँडो जम्मा हुन्छ । यो सेतो पदार्थ पुरुषमा मात्र होइन, महिलामा समेत पाइन्छ । महिलाहरूमा भने यो सानो भगोष्ठको मुनि तथा भगांकुरको मुण्डको वरिपरि पाइन्छ ।
पहिलो कुरा त यो सेतो पदार्थ स्वाभाविक रूपमा निस्कने कुरा हो र यसरी सेतो पदार्थ निस्किँदैमा हानि हुँदैन, तर यसलाई सफा नै नगरी धेरै जम्मा भए समस्या हुन सक्छ । यसलाई सफा नगरिए यसको गन्ध प्रबल हुन्छ र त्यसले केही असजिलोपन ल्याउन सक्छ । अचेल बजारमा पाइने सुगन्ध छर्कने चलन चलेको बेला कतिपय प्राकृतिक गन्धलाई पनि दुर्गन्धका रुपमा लिइन्छ । गन्धकै कारणले यौनअंगलाई फोहर अंग मान्न सहयोग गरेको छ । जे होस्, यौनाङ्गको नियमित सरसफाई गर्नुपर्छ । तपाईंको ओठ तथा गालामा भएको समस्याको सन्दर्भमा सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति भएन । विस्तृत जानकारी पठाउनुभयो भने उत्तर दिने प्रयास गर्नेछु ।