साप्ताहिक संवाददाता
चैत्र १, २०७५
बलिउडका सुपरस्टार डिजे एनवाइके काठमाडौं पहिलो पटक ओर्लिदैछन् । चालिस भन्दा बढी मुलुक पुगिसकेका ख्यातिप्राप्त डिजे एनवाइके आज शुक्रबार ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा प्रस्तुती दिदैछन् ।
३३ वर्षिय डिजे एनवाइकेले तीन पटक बेस्ट डिजे अवार्ड पाईसकेका छन् । भिडियो जक्की र प्रोड्युसरका रुपमा पनि उनको पहिचान बनेको छ । उनको आगमनले बलिउड संगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान हुनेछ । आज बलिउड स्टार डिजे बाहेक टर्टल लाउन्जमा लोडिङ ब्याण्डले पनि प्रस्तुती दिदैछ ।