साप्ताहिक संवाददाता
यहि चैत २९ गते प्रदर्शन हुने चलचित्र ए मेरो हजुर–३ को पहिलो गीत सार्बजनिक गरिएको छ । चलचित्रको ‘तिमी बिनाको जिन्दगी, म जिन्दगीनै भन्दिनँ बोलको गीतमा अनमोल केसी र सुहाना थापाको रोमान्टिक अवतार देख्न सकिन्छ । नेपालको हिमाली भेग र अमेरिकामा खिचिएको ५ मिनेट ४६ सेकेण्ड लामो भिडियो आकर्षक बनेको छ ।
झरना थापाको निर्देशन तथा सुनिल कुमार थापाको निर्माणमा बनेको यहि चलचित्रबाट सुहानालाई डेब्यु गराइएको हो । उनि सुनिल–झरनाकी सुपुत्री समेत हुन् ।
आज सार्वजनिक भएको गीतमा सुगम पोखरेल र प्रविशा पोखरेलले स्वर दिएका छन् । एकनारायण भण्डारीले गीत लेखेका हुन । आशिष अविरलको संगीत रहेको छ । प्रदर्शनको एकमहिना अघि सार्वजनिक चलचित्रको गीतपछि निर्माण टिमले चाँडै ट्रेलर सार्वजनिक गर्ने तयारीमा छ ।
झरना थापा र सुमन पौडेलले लेखेको चलचित्रमा अनमोल र सुहानाबाहेक अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रलाई सन्जय लामा, सुदीप वराल, सम्भु मोक्तान लगायतले डिओपीको भुमिका निर्वाह गरेका छन् ।
हेर्नुस् गीत