साप्ताहिक संवाददाता
चैत्र २, २०७५
बलिउडका मूल धारका चलचित्रमा अभिनय गर्दै आएकी अनुष्का शर्मा जनावरहरूका लागि अस्पताल खोल्ने घोषणा गरेर चर्चामा आएकी छिन् । समाचारअनुसार अनुष्काले उत्तर प्रदेशको साहपुर जिल्लाको दह गाउँमा उक्त अस्पताल निर्माण गर्न लागेकी हुन् ।
यसको घोषणा उनले गत वर्षको आफ्नो जन्मदिन नै गरेकी थिइन् । साहपुरको दह गाउँ अनुष्काको पैतृक गाउँ हो । उक्त गाउँमा अनुष्काले आफ्ना आमाबुबाका लागि एउटा घरसँगै अनाथ बालबालिकाहरूका लागि आश्रय गृहसमेत बनाउने घोषणा गरेकी छिन् ।
उक्त बालआश्रय गृह तथा जनावरहरूको अस्पतालको सञ्चालन अनुष्काका आमाबुबाले गर्ने बताइएको छ ।