साप्ताहिक संवाददाता
चैत्र २, २०७५
पर्यटन र साहित्य प्रर्वद्धनको प्रर्वद्धनका लागि रोल्पामा राष्ट्रिय अक्षर महोत्सव हुने भएको छ । पर्यटन र साहित्य प्रर्वद्धनको अभियान भन्ने मुल नाराका साथ रुन्टिगढी गाउँपालिकाको आयोजनामा चैत ७ र ८ गते होलेरीमा ‘राष्ट्रिय अक्षर महोत्सव रोल्पा–२०७५’ हुने भएको हो ।
महोत्सवमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि तुलसी दिवस, संविधानविद् डा. भिमार्जुन आचार्य, गायीका तथा राष्ट्रिय सभा सदस्य कोमल वली सहभागी हुनेछन् ।
यस्तै आख्यानारहरु नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोसी, नविन विभाष र अर्चना थापा लागायत सहभागी हुनेछन् ।
महोत्सवका क्रममा रुन्टिगढी गाउँपालिकाका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमणको कार्यक्रमसमेत रहेको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष वालाराम बुढाले जानकारी लिए ।