साप्ताहिक संवाददाता
पछिल्लो समय नेपाली सांगीत बजारमा लोक संगीतको राम्रो चर्चा छन् । एकपछि अर्को लोक गीतले पाएको सफलताले उक्त कुरालाई प्रमाणित गरिरहेको छ । पछिल्लो पटक बजारमा आएर चर्चामा रहने मध्येको एउटा गीत हो – लालुमै ।
सार्वजनिक भएको छोटो समयमै यो गीत चौतर्फी चर्चामा रहेको छ । गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझीको स्वर रहेको गीतलाई हालसम्म ५० लाख माथि दर्शकहरुले हेरिसकेका छन ।
गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिष अविरलले गरेका हुन् । युट्युबसँगै यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा ३० हजार भन्दा धेरैले भिडियो बनाइसकेका छन् ।
नेपाली सांगीतिक बजारमा छोटो समयमै यो गीतले यति धेरै दर्शक पाउँदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउँछन् । गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्काले नृत्य तथा अभिनय गरेका छन् ।
भिडियोमा राजेश घिमिरेको छायांकन, पुष्पा बर्माको ड्रेस, सृष्टि थापा मगर र रोसन भुसालको मेकअप र बिष्णु शर्माको सम्पादन रहेको छ ।
लालुमैको म्यूजिक भिडियो :