साप्ताहिक संवाददाता
फागु पूर्णिमा पनि तीज जस्तै एक महिना अघिदेखि मनाउने चलन आएछ, समृद्धि भनेको यही त होला नि ।
ट्यांकी
घोट्टा त साह्रै मिठो हुन्छ । यो त वर्षमा दुई पटकमात्र खाइन्छ । यसले नसा दिएपछि सात दिनसम्म हाँसिरहेको अथवा रोइरहेको अनुभव छ मसँग ।
किशोर बस्न्यात
शब्दमा के छ र ? फाल्गुन पूर्णिमा भएकाले फागु वा फगुवा भनिएको हो । हिरण्यकश्यपुले छोरा प्रल्हादलाई होलिकाको काखमा राखेर डढाउन खोज्दा होलिका डढेर नास भएको हिन्दु मिथकमा आधारित भएकाले होली भनियो । शब्दकै कारण विवाद सिर्जना गर्ने अनि समाजलाई विभाजित गर्ने होइन, विवाद छोडेर रमाउने पो त ।
तीर्थ प्रसाईं
फाउ खेल्ने भन्दै पहाडमा फागु पूर्णिमा मनाउँदै हुर्किएका हौं हामी । विदेशी भाषामा शपथ खाँदा उर्लने हामीमा होली शब्दले किन स्थान पाउँछ मान्यवर ?
सुभास श्रेष्ठ
बुरा न मानो होलीमा होली है भनेर रंग लगाउन आउने छिमेकीहरूलाई हाम्रो टोक्ने कुकुर छोडेर बुरा न मानो कुकुर तिहार है भन्देको सबै घर भित्र लुकेका छन् ।
सुमिता थापा
ल ल, चैते दसैंको शुभकामना, जोगिरा सरर ।
सुरेश कुण्डित
हामी किराँती भए पनि शिवरात्री, फागु, दसैं, तिहार धुमधामसँग मनाउँछौं । रिती जसको जे भए पनि हामीलाई नेपाली संस्कृति नै मिठो लाग्छ ।
रामबहादुर
रंग बरसे भिगे चुनरवाली रंग बरसे, हो...रंग बरसे भिगे चुनरवाली रंग बरसे ।
सहयोग रन्जित
फागु खेल्न जान्ने, फागुका बारेमा जानकार बाग्लुङे/पर्वते कोइ हुनुहुन्छ ? फागु खेल्न परो, आम्नुस त । चिलाउनीको रुखमुनि बूढो कमिलो, तेरी आमा थारी भए ख्वाउ अमिलो ।
सीएम पौडेल
तिहार बन्यो दिवाली, फागु पूर्णिमा बन्यो होली । भाइटीकाको महिमा घट्यो, रक्षा बन्धन मनाउँदै । अब दसैंलाई दशहरा भन्दै मनाउने दिन आए ।
समीर दीक्षित
होलीलाई फागु पूर्णिमा पनि भनिन्छ । लोला पूर्णिमा भनिदैन । त्यसैले रंग खेलौं, लोला खेल्नेहरूलाई सामाजिक बहिष्कार गरौं ।
नरोत्तम
हरपल रंग फेर्ने छेपारेहरू सोध्छन्–होली कहिले रे ?
पशुपति केटिएम
त्यो दिन चाहिँ बिहे नगर्नु होला है, होली खेल्न पर्छ, आउन भ्याइन्न ।
विनम्र
होली खेल्न छोडेर बिहे ? ना रे बाबा ना ।
अपसरा
होली आइ’रा नै हो, विश्वास भो ।
क्षितिज श्रेष्ठ
यसपालि होली तिमीसँग खेल्ने दाउमा छु, जहाँ रंगसँगै माया मिसाएर लगाउनेछु । भन्नेहरू जेसुकै भनून् यसपालि होली खुलेर खेल्नेछु ।
सबिना
हिजोसम्म चैं शिवरात्री भनेर दिन जान्थे, अब क्यारी दिन बिताउने हो बरै । छिटो होली आए पनि हुने नि ।
निकिता कोइराला
जीवनमा आउने उतार–चढाव होली जस्तै हुन् । एक्कैछिन् रंगिनु पर्ने, पछि पखालिनु पर्ने ।
नारायण खनाल
हो त, प्रधानमन्त्रीले ठिकै भन्यो हो । दुई–चारवटा बम पड्काउँदैमा, भूमिगत हुँदैमा कम्युनिस्ट भइन्छ ? कम्युनिस्ट हुन त दुई हजार बम पड्काउनु पर्यो, १७ हजार मानिस मारिनु पर्यो, लुटपाट–तस्करी गरेर अर्बौं कमाउन सक्नु पर्यो, हत्या, आतंक, अशान्ति फैलाउन सक्ने हुनु पर्यो । मुख्य कुरा रगतको होली खेल्नुपर्यो नि ।
हरि लट्ठक
पैसाको होली खेल्दै ओली सरकारका मन्त्रीहरू, दिनदिनै अबौंको नयाँ–नयाँ भ्रष्टाचार काण्ड ।
कल्पना अधिकारी
होली भन्दा शिवरात्री चर्को, एक सर्को दुनियाँ नै अर्को । जय शम्भो, हरहर महादेव ।
अर्जुन
भ्यालेन्टाइन डेमा प्रेम दिवस मनाउने होइन, अब सिधै शिवरात्री मनाउने हो, तर शिवरात्रीमा सेवन गर्ने चलन छैन, त्यही भएर होली मनाउने हो होली ।
तिमिल्सिना ब्रो
ओइ, होली आउन लाग्यो । बबाल रमाइलो गर्नुपर्छ ल ।
मुस्कान पुन मगर