साप्ताहिक संवाददाता
चैत्र ४, २०७५
होलीसँग जोडिएर आउने भाङको घोट्टा अर्थात सर्वत होलीका अवसरमा प्रयोग गरिने एउटा विशेष पेय पदार्थ हो । यो पेय भाङ र दुधको मिश्रणबाट तयार गरिन्छ ।
सामान्य रुपमा भाङलाई लागु पदार्थका रुपमा लिइएपनि आयुर्वेदअनुसार भाङको औषधीय महत्व पनि छ । भगवान शिवको प्रिय मानिने भाङलाई हिन्दु धर्मावलम्बीहरू खास—खास चाडमा खास—खास तरिकाले प्रयोग गर्छन् ।
त्यसमध्ये एक हो—भाङको घोट्टा । होलीमा भाङको घोट्टा प्रयोग गर्नुको सामाजिक कारण भने यसको प्रयोग पछि मानिसमा देखा पर्ने हास्यचेत नै हो ।