साप्ताहिक संवाददाता
सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भने सफल महिलाको पछाडि कसको हात हुन्छ ?
महिलाको आफ्नै हात हुन्छ ।
राष्ट्रपति भएजस्तै राष्ट्रपत्नी किन नभएको होला ?
सफल पुरुषको पछाडि महिलाको हात हुने भएर राष्ट्रपति भाको अनि महिला आफैं सक्षम हुनाले राष्ट्रपत्नी नभाको ।
भीडभाडमा कुनै पुरुषको फस्नर खुल्ला देख्नुभयो भने ?
विपरीत दिशातर्फ फर्किनुभन्दा अर्को उपाय छैन ।
भोलि उठ्दा पुरुष हुनुभयो भने ?
बूढा र आफ्ना लागि सुन्दर कन्या खोज्ने अभियानमा निस्कन्छु ।
माया र चिनीमा के फरक छ ?
चिनीमा कमिला अनि मायामा धमिरा लाग्छ । अर्को कुरा यी दुवै कुरा धेरै भयो भने तीतो हुन्छ ।
बौलाएको मान्छेले के खाएको हुन्छ ?
सबैको दिमाग खा’को हुन्छ ।
हात्ती र मुसाको लभ पर्यो भने के होला ?
विचरा हात्ती ससुराली जान बन्चित हुन्थ्यो ।
चुम्बन गर्दा केश झर्ने रोग लाग्यो भने ?
सबै टकलु हुन्थे अनि मानिसको केश हेर्न म्युजियम जानुपर्थ्यो ।
फेसबुकको सबैभन्दा फन्नी कुरा के हो ?
कामकुरो एकातिर मोबाइल बोकी ट्वाइलेटतिर ।
जानुका पौडेल ‘प्याकुली’