साप्ताहिक संवाददाता
सेलिब्रेटी समाज नेपालले थुप्रै अन्तराष्ट्रिय म्याराथनमा सहभागी भएर नेपालको नाम राख्न सफल अन्तराष्ट्रिय धावक सन्तोष राईलाई ‘सेलिब्रेटी सम्मान’ प्रदान गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै धावक राईलाई सम्मान गरिएको हो ।
स्वास्थ्य नै जीवन हो र मानिस स्वस्थ रहनका लागि दौडनुपर्छ भन्ने सन्देशका लागि नेपालका तर्फबाट खेलकुद विधा अँगालेर नेपालको नाम अन्तराष्ट्रिय स्तरमा उचाइमा पु¥याएकाले उनलाई सेलिब्रेटी सम्मान २०७५ प्रदान गरिएको हो ।
राई नेपालको चर्चित दौड नेवाः च्यारिटीको धरान रनका संस्थापक समेत हुन् । मुकुन्द हरि श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिमानी खेलाडी दिपक बिस्ट, खेलाडी दिपक श्रेष्ठ, कलाकार सुनिल थापा, चलचित्र निर्देशक मिलन चाम्स, चलचित्रकर्मी राजकुमार राइ लगाएत उपस्थित थिए ।
सेलिब्रेटी समाज नेपालले आगामी नया“वर्ष २०७६ मा हङकङमा वृहत सेलिब्रेटी अफ दि इयर २०७५–७६ को पनि आयोजना गर्ने घोषणा गरिसकेको छ । यस बिषयमा थप चाडैं जानकारी गराउने बताइएको छ । सेलिब्रेटी समाज नेपालका तर्फबाट जनक दीप पराजुलीले स्वागत मन्तब्य राखेर सुरु भएको कार्यक्रम सेलिब्रेटी नेपाल समाजका संस्थापक ज्योतिराज राइले समापन गरेका थिए ।