साप्ताहिक संवाददाता
मोडल निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको एक भिडियो सार्वजनिक भएको छ ।
गायक भुषण राईको आवाजमा समावेश ‘मरुभुमी’ बोलको गीतमा निराजन र कविताको रोमान्टिक अवतार हेर्न सकिन्छ । गायक राईको शब्द, संगीत तथा स्वरमा समावेश ‘मरुभुमी’ बोलको गीतमा यूवतीको आगमनपछि यूवकलाई कस्तो महशुश हुन्छ भन्ने देखाइएको छ ।
यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । अर्जुनले गीतको भाव अनुसारनै लोकेशन खोजिएको बताए । गीतको भिडियोमा मोडल निराज प्रधान र कविता नेपालीको प्रेम देख्न सकिन्छ । निराजन र कविताको जोडी खुबै सुहाएको छ ।
कवितालाई गीतमा बोल्ड एवं ब्यूटी देखाइएको छ । यो गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । प्रेममा परेका वा नपरेका दुबै खालका यूवापुस्तालाई यो गीत मनपर्ने दाबी गायक भुसनको छ ।
मरुभूमीको म्यूजिक भिडियो :