साप्ताहिक संवाददाता
होली रंगहरूको पर्व हो । होली मनाउनेहरूले रंग दलेरै होली खेल्छन् । एकै प्रकारको रंगभन्दा पनि फरक–फरक रंग सबैलाई मन पर्छ । यद्यपि ती रंगमा के मिसाइएको हुन्छ र त्यसले कस्तो असर गर्छ भन्ने जानकारी कमैलाई हुन्छ ।
अबिर
रातो अबिरमा मर्करी सल्फाइड हुन्छ जुन छालामा धेरैवेर रहे शरीरको भित्री भागमा जान्छ र त्यसले क्यान्सरको सम्भावना वृद्धि गर्छ ।
कालो रंग
कालो रंगमा लेड अक्साइड हुन्छ । यो छालामा धेरैबेर रहे नशामा पसि मानिसका विभिन्न अंगलाई निकम्मा (प्यारालाइसिस) बनाउन सक्छ ।
हरियो रंग
हरियो रंगमा कपर सल्फाइड मिसाइएको हुन्छ जसले मानिसको मस्तिष्क एवं मिर्गौलामा गम्भीर असर गर्न सक्छ ।
सिल्भर (मेटालिक) रंग
मेटालिक रंगमा एल्मोनियम ब्रोमाइड मिसिएको हुन्छ जसले किड्नीमा असर गर्नुका साथै क्यान्सरको सम्भावना पनि बढाउँछ ।
पर्पल रंग
पर्पल रंगमा क्रोमियाम आयोडाइड हुन्छ जसले छालाको एलर्जी गराउनुका साथै फोक्सोमा समेत असर पुर्याउँछ ।
चम्कने रंगहरू
लगाउँदा वा हेर्दा चहकिलो देखिने रंगमा अत्याधिक सिसाको कण हुन्छ । त्यस्ता कणले छालाको एलर्जी गराउनुका साथै भित्री भागमा समेत असर पुर्याउँछ । यी कण आँखामा परे अन्धोपनसम्म हुनसक्छ ।