साप्ताहिक संवाददाता
चर्चित अभिनेत्री रेखा थापाले आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि क्रिकेट टिम खरिद गरेकी छिन् । उनले टी–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘बर्षौदेखी महिलाको क्षेत्रमा काम गरेको सबैलाई थाहा छ, महिला क्रिकेटमा पनि योगदान दिन टिम खरिद गरेकी हुँ ।’ उनले के कति रकम खर्चिएर टिम खरिद गरेकी हुन् भन्ने खुलेको छैन । छोरीहरुको शशक्तिकरणका विभिन्न किसिमका कामहरु ग्र्दै आएकी रेखाले खेल क्षेत्रमा पनि हात हालेकी हुन् । उनले यससँगै अब निरन्तर खेल क्षेत्रमा पनि काम गर्ने बताइन् ।
चार टिम घोषणा
कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरिएको छ । रेखा थापाको काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन् । विराटनगर रोअरिङको स्वामित्व अनुप सक्सेराले लिएको छन् । विराटनगरको मार्की खेलाडीमा करुणा भण्डारी छिन् । भैरहवा क्विन्स अनिल भण्डारीले र दीपक सुवेदीले लिएका छन् । भैरहवामा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलाबसे मार्की खेलाडी बनेकी छिन् । अर्को टिम धनगढी वन्डरवुमेन हरि खनालले लिएका छन् । यो टिममा सीता रानामगर मर्की खेलाडी छिन् ।
बैसाखमा खेल
यो खेल आगामी बैसाख ७ देखि १४ गतेसम्म हुनेछ । विराटनगरको बैजनाथपुर रंगशालामा हुने प्रतियोगिताका लागि अब खेलाडी भित्राउन अक्सन हुनेछ । अक्सनको मिति चाँडै घोषणा गर्ने आयोजकले जनाएको छ । आयोजकले उक्त खेलको सम्पुर्ण जानकारी फेरी पत्रकार सम्मेलन गरि जानकारी दिने जानकारी दिएको छ ।