साप्ताहिक संवाददाता
उमेश राई–फुलन्देकी आमा
कार्यकम चल्दा–चल्दै फुलन्देकी आमाको सारी खुस्कियो भने ?
लुङ्गी–सारी केही खुस्किए पनि डराउनु पर्दैन । बूढी परिपक्व छिन् । पेटीकोटको इजार सातपल्ट कसेकी हुन्छिन् ।
सोनिकाको किस मिठो कि उमेशकी गर्लफ्रेण्डको थप्पड ?
आक्का हौं, नभाकी गर्लफ्रेण्डको थप्पड भन्दा त सोनिकाको किस नै मिठो नि ।
फस्ट लभ इज फस्ट लभ किन भनिएको होला ?
मुटु एउटा हुन्छ त्यो पनि सुरुमा जसलाई दिइन्छ उसैले राज गर्छ नि । धेरै कुरा त उसैले बुझेको हुन्छ ।
फुलन्देकी आमा बुद्धिमान कि उमेश राई मूर्ख ?
हैट, बेला–बेला लुङ्गी उचाल्छु भन्ने फुलन्देकी आमा कहाँ बाठी हुनु ? उमेश राई नै बुद्धिमान होला ।
राति ओछ्यानमा सुतेको उमेश बिहान उठ्दा समुद्रको बीचमा पाइए के होला ?
चिसो लाग्ला, अनि कल्पनामा आउला मलाइ कसले–कसरी लुछेर खालान् ? त्यसपछि म ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो’ गीत गाएर बस्छु ।
हाम्रो देशका नेताको सदबुद्धि कहिले आउला ?
फुलन्देकी आमाले लुङ्गी उचालेर खुट्टा देखाइदिए पछि ।
पानीबाट बाइक चल्नेभए बाइकको पछाडि राखेर गलफ्रेण्डलाई कहाँसम्म पुर्याउने इच्छा छ ?
यस्तो अफर पाए नजिकै त कसले पो लैजाला र ? लण्डन नै पुर्याउँछु नि ।
नेपालीहरू किन प्रायः ट्वाइलेटमा गीत गाउँछन् ?
खोर्सानीले पोलेर, त्यो पोलाई बिर्सन ।
फुलन्देकी आमालाई डोनाल्ड ट्रम्पले विवाह गर्ने प्रपोज गरे भने बुलन्देको बाउलाई छोडिदिने हो ?
ट्रम्पले नै भनेपछि त सक्की गो नि । ओके भन्यो, अमेरिका उड्यो । आनन्दले बसिन्छ ।