साप्ताहिक संवाददाता
बिगतको तुलनामा अहिले होली खेल्ने शैलीमा केही परिवर्तन आएको छ ।
राजधानीमा शिवरात्रीपछि बाटोमा हिड्ने महिला देख्नासाथ घरको छतमा लुकेर पानी भरिएको लोला हान्ने चलन थियो ।
यस्ता क्रियाकलाप गर्नेहरू विरुद्ध कारबाही हुने भएकाले होली आउने अगावै लोला हान्ने प्रवृति कम भएको छ ।
छतमा बसेर होली नखेल्न साथै कसैलार्ई पनि जबरजस्ती लोला नहान्न प्रहरीले पहिले नै निर्देशन जारी गरेको हुन्छ । त्यसका साथै सडकमा निस्किएर मादक पदार्थ पनि सेवन गर्नुहुँदैन ।
सडकमा मादक पदार्थ सेवन गर्दै हिड्ने, अरुलार्ई जबर्जस्ती फोहोर पानी हाल्ने र रंग लगाउने गतिविधि गरे पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइन्छ ।
होलीको निहुँमा कसैको इच्छाविपरीत फोहोर पानी तथा रंग हान्नेलार्ई गिरफ्तार गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाईने व्यवस्था छ ।
होलीका दिन सुरक्षाका लागि बिहानैदेखि प्रहरी खटाइन्छ ।
होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा प्रहरी कारबाहीमा परिने मात्र होइन दुर्घटना भएर ठूलो हानी–नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ ।