राजविराजमा जन्मिएका गायक तथा चिकित्सक रणजित झा होली मनाउन प्रायः गाउँ नै पुगिरहेका हुन्छन् । त्यस क्रममा उनी आफ्ना पुराना साथी एवं परिवारका सदस्यहरूसँग होली खेल्छन् । रंग खेल्ने क्रममा उनी यसपटक साथीहरूसँगै मिलेर फगुवाका गीत गाउने तयारीसमेत गर्दैछन् । डा. झा फागुपूर्णिमा असत्यमाथि सत्यको विजय भएको दिन भएकाले यही दिनदेखि हाम्रो देशमा भएका सम्पूर्ण झूटा कुराको अन्त्य भएको हेर्न चाहन्छन् । होलीमा मद र मदिराको प्रयोग कम गर्न तथा कसैलाई पनि जबर्जस्ती नगर्न आग्रह गर्दै गायक झाले होलीका लागि केही टिप्ससमेत दिएका छन् ः
होली खेल्न सकेसम्म खुल्ला स्थान छनोट गर्नु राम्रो हुन्छ । खुला चौर, घरको आँगन तथा अग्लो पर्खाल लगाइएको छत, बगैंचा आदि स्थान उफयुक्त
होली खेल्ने त्रममा स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्नेछ । खासगरी छाला, आँखा, कान, केश आदिको सुरक्षामा विशेष ध्यान पुर्याउनुपर्छ ।
फोहोर पानीबाट सकेसम्म जोगिनुपर्छ, त्यसले एलर्जी हुनसक्छ ।
केमिकल मिश्रित रंगको प्रयोग नगर्नु नै उपयुक्त हुन्छ ।
होली खेल्दा शरीरमा हल्का कपडा लगाउनुका साथै गरगहनाको प्रयोग गर्नु हुँदैन ।
होलीको रंग हटाउन मनतातो पानीले अनुहार पखाल्नुपर्छ ।