साप्ताहिक संवाददाता
होलीमा हल्का मदहोस् भएर रङसँग खेल्नुको मज्जा बेग्लै हुन्छ । गाँजाजन्य पदार्थको सेवन प्रतिबन्धित भएपछि होलीमा रंगिँदै मदहोस हुनेहरूका लागि मदिरा एकमात्र विकल्प भएको छ । मदिराको नशामा लठ्टिएर होली खेल्नुभन्दा हल्का रम–रम भएको अवस्थामा खेल्नुको मज्जा अर्कै हुन्छ । होलीमा मदिराको हल्का रम–रम लिन घरमै सजिलै पाइने पदार्थहरूको मिश्रण गरेर ककटेलहरू बनाउन सकिन्छ । यी ककटेलहरू बनाउन जति सजिलो छ, त्यसले दिने रम–रमले त्योभन्दा धेरै गुणा आनन्द दिनेछ । तपाईंहरूले पनि यो होलीमा यी रेसिपीहरूमार्फत मज्जाले ककटेल बनाउन सक्नुहुन्छ । सभ्य ढंगले पिउनुहोस्, होलीको अग्रिम शुभकामना ।
क्यापे कोडर
भोड्का : ६० मिलिलिटर
क्यानबेरी जुस : १२० मिलिलिटर
कागतीको रस : १० मिलिलिटर
आइस : ६–८ टुक्रा
यी सबै पदार्थहरूलाई एउटा गिलासमा घोलेर पिउँदा जुसको स्वाद आए पनि मदिराको हल्का नशा लाग्छ ।
हिमालयन सौर
भोड्का : ४५ मिलिलिटर
टिम्मुर : एक चिम्टी
कागतीको रस : १० मिलिलिटर
चिनीको झोल : १० मिलिलिटर
आइस : ६–८ टुक्रा
यी सबै पदार्थलाई एउटा गिलासमा घोलेर पिउँदा शरीरमा ताजगी आउँछ ।
लेमोन ड्रप
भोड्का : ६० मिलिलिटर
कागतीको रस : २० मिलिलिटर
चिनीको रस : १५ मिलिलिटर
आइस : ६–८ टुक्रा
यी सबै पदार्थलाई गिलासमा हालेर केहीबेर चलाएपछि लेमोन ड्रप तयार हुन्छ । यसले थकान भएको बेला रिफ्रेस गर्नुका साथै हल्का नशा पनि दिन्छ ।
वाटर मेलोन केपिरोस्का
तरबुजाको टुक्रा : १ सय ग्राम
भोड्का : ६० मिलिलिटर
कागतीको रस : १५ मिलिलिटर
चिनीको रस : १५ मिलिलिटर
आइस : ६–८ टुक्रा
यी सबै पदार्थहरूलाई एउटा गिलासमा घोलेर पिउँदा शरीरलाई हल्का फुर्तिलो बनाउनुका साथै हल्का लाग्ने पनि गर्छ ।
मोजिता
सेतो रमः ६० मिलिलिटर
कागतीको रस : १५ मिलिलिटर
चिनीको रस : १५ मिलिलिटर
पुदिनाको फात : ८–१० टुक्रा
आइस : ६–८ टुत्रा
स्पाइसी मार्टिनी
झोड्का : ४५ मिलिलिटर
अदुवा : २ सानो टुक्रा
हरियो खुर्सानी : १ टुत्रा
लिची जुस : ६० मिलिलिटर
चिनीको घोल : १५ मिलिलिटर
कागतीको रस : १५ मिलिलिटर
बिरे नुन : १ चिम्टी
आइस : ६–८ टुक्रा
यी सबै पदार्थहरूलाई एउटा गिलासमा हालेर घोलेर पिउँदा बेग्लै किसिमको आनन्द आउँछ ।
गोल्डेन कफ
जिन : ६० मिलिलिटर
कागतीको रस : १५ मिलिलिटर
चिनीको रस : १५ मिलिलिटर
आइस : ६–८ टुक्रा
कात्रो : २ टुक्रा
यी सबै पदार्थलाई गिलासमा हालेर राम्रोसँग चलाएपछि गोल्डेन कप तयार हुन्छ । गर्मीमा यो ककटेल पिउँदा बढी आनन्द आउँछ ।
स्ट्रबेरी डाइक्विरी
सेतो रम : ४५ मिलिलिटर
स्ट्रबेरी : ६ वटा
चिनीको झोल : १० मिलिलिटर
कागतीको रस : १० मिलिलिटर
स्प्राइटः ६० मिलिलिटर
आइस : ६–८ टुक्रा
यी सबैलाई एउटा गिलासमा हालेर राम्रोसँग चलाएपछि यो ककटेल तयार हुन्छ ।