साप्ताहिक संवाददाता
चलचित्र ‘कागजपत्र’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच तिमी जाने बाटो बोलको गीत सार्वजनिक गरिएको हो, जहाँ अभिनेता नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतलाई देख्न सकिन्छ ।
संगीत सापकोटाको शब्द तथा संगीत रहेको गीतमा अनुपम शर्मा र प्रबिसा अधिकारीको स्वर रहेको छ । उक्त अवसरमा चलचित्र टिम र सुभचिन्तकहरुले होली समेत खेलेका थिए ।
यो चलचित्र आगामी शुक्रबारबाट प्रदर्शन हुनेछ । अष्ट्रेलिया जान युवायुवतीले गर्ने संघर्ष र पिडा देखाउन खोजिएको चलचित्रमा केहि मात्रामा कमेडी पनि घुसाइएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानीमा निर्माण गरिएको चलचित्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् ।
हेर्नुस गीत