साप्ताहिक संवाददाता
चलचित्र कागजपत्र चैत्र ८ गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ । अपिल विष्टको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा नक्कली विवाह गरेर अष्ट्रेलिया जाने नेपालीहरूको कथालाई प्रस्तुत गरिएको छ ।
ईपी एजुकेसन अष्ट्रेलियाको प्रस्तुति रहने यो चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । उक्त चलचित्रको निर्माण खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले गरेका हुन् । किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह– निर्माता रहेको यो चलचित्रको कार्यकारी निर्माता सुरज अधिकारी हुन् ।
चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवा आदि कलाकारको अभिनय छ । वसन्त सापकोटा र हर्कुलेस बस्नेतको संगीत रहेको यो चलचित्रमा क्यासमिर डिक्सनको छाया“कन र निमेष श्रेष्ठको सम्पादन छ ।