साप्ताहिक संवाददाता
नेपालमा ३० देशका साल्सा डान्स इन्स्ट्रक्टरको जमघट हुने भएको छ । नेपालमा ल्याटिन डान्स फियस्टा दोस्रो पटक आयोजना हुन लागेको हो । ल्याटिन डान्समा रुचि हुनेहरूले यो कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।
संसारका धेरै देशबाट आएका साल्सा डान्स इन्स्ट्रक्टरले बचाता, किजोम्बा, ल्याटिन जाज र साल्साबारे आ–आफ्ना अनुभव साट्नेछन् । चैत २१ देखि २४ गतेसम्म सञ्चालन हुने यो कार्यक्रममा डान्सबारे ५० घण्टा वर्कसप, ४ वटा बुट क्याम्प, १ दिन पुल पार्टीको आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजेहरूको पनि उपस्थिति रहनेछ । थप जानकारी फेसबुक पेज नेपाल ल्याटिन डान्स फियस्टाको पेजबाट लिन सकिन्छ । टिकट पहिले नै खरिद गर्दा सस्तोमा किन्न सकिन्छ ।
आयोजक : नेपाल ल्याटिन डान्स फियस्टा स्थान ः छाया कम्प्लेक्स, ठमेल
प्रबेश शुल्क : वर्कसपमा भाग लिन ५० डलर (५ हजार रुपैयाँ)
ढोकैमा खरिद गर्दा १ सय ५० डलर (१५ हजार रुपैयाँ), चैत २० सम्म १ सय डलर (१० हजार रुपैयाँ)