साप्ताहिक संवाददाता
हिन्दी चलचित्रका अभिनेत्रीहरू शिल्पा सेट्टी, प्रिटी जिन्टा र जुही चावलाकै बाटो पछ्याउँदै नेपाली चलचित्रकी अभिनेत्री रेखा थापा पनि अब क्रिकेट टिमकी मालिक भएकी छिन् ।
जस्तो, भारतको बहुचर्चित इन्डियन प्रिमियम लिगमा शिल्पासँग राजस्थान रोयल्स, प्रिटीसँग किङ्स इलेभेन पञ्जाव र जुहीसँग कोलकाता नाइट राइडर्स जोडिन्छ । उनीहरूले ती टिममा लगानी गरेका छन् । यस्तै काम रेखाले पनि गरेकी हुन् । नेपालमा आफ्नै क्रिकेट टिम हुने रेखा थापा पहिलो ठूलो स्टार हुने क्रममा छिन् । हालै विराटनगरमा हुने घोषणा गरिएको एनसीएल अर्थात् नेपाल क्रिकेट लिग ‘वुमेन्स’ टी–२० क्रिकेट लिगमा सहभागी हुने चार टिममध्ये एक काठमाडौं सुपर च्याम्पियन्स अहिले रेखा थापाको स्वामित्वमा गएको छ । उक्त टिमकी मार्की खेलाडी नेरी थापा हुनेछिन् ।
क्रिकेटमा रेखाको रुचि कसरी जाग्यो, त्यो बिस्तारै खुल्नेछ, तर रेखाको आगमनले नेपाली महिला क्रिकेटमा पक्कै पनि ग्ल्यामर सुखद रूपमा छिरेको छ, ।