हङकङमा हलेसी साँझको चौथो संस्करण सकिएको छ । अक्षयकोष स्थापनार्थ आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट जम्बो कलाकारहरुको टोली उपस्थित भएको थियो । उपस्थित दर्शकले निकै मनोरन्जन प्राप्त गरे ।
राजनराज सिवाकोटी
चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटीले खुलेर प्रस्तुती दिए । सुर्के थैली, कुटुमा कुटु, गोजीमा दाम छैन लगायतका मौलिक गीतका कारण हिट भएका सिवाकोटीले आफ्ना आधा दर्जन गीत मार्फत हङकङेली दर्शकहरुलाई छमछमी नचाए । उनका केही गीतमा दर्शकले वान्स मोर भने ।
महेश खड्का
संगितकर्मीहरुको रोयल्टी संकलन अभियानमा संयोजन भुमिका निर्वाह गरिरहेका संगितकार महेश खड्काले आफ्नो पुराना तथा नया गीतहरु दर्शकलाई सुनाए । वर्षौदेखी संगीत क्षेत्रमा क्रियाशिल उनले केही गीत मात्रै गाएनन्, विदेशमा रहेका नेपाली संगीतप्रेमीको नजिक पुगेर प्रस्तुती दिदा निकै खुसी लागेको सुनाए ।
सिक्केमे हमजाएगाको चोटीले प्रस्तुती
पछिल्लो समय आफ्ना जोक्सहरु मार्फत सामाजिक सञ्जालमा हिट सिक्किमे हमजाएगा उर्फ दिलीप गुरुङको प्रस्तुतीले हल हा“सोले गुन्जियो । गुरुङले मौलाउदै गएको विकृति, युवायुवतीको भेषभुषा लगायतमा चोटियो ब्यङग्य प्रस्तुती गरेका थिए । हरेक कुरालाई सहजै ढगंबाट भन्न सक्ने गुरुङ नेपाल र भारतमा हिट भैसकेका छन् । गाडीमा हिड्दा तथा सिक्कम क्षेत्रमा सामान्य गफकै आधारमा नजिकका साथीभाईहरुलाई हँसाउदै उनले देशवाहिर गएर पनि दर्शकलाई हँसाउन थालेका छन् ।
अरु ?
उल्लेख्य दर्शकहरुको उपस्थित रहेको कार्यक्रममा गायक तथा संगितकार पदम थुलुङ राई, गायीका मिना राई, गायक रोशन राई, सागर संसार राई, हङकङमा चर्चित खुकुरी डान्स ग्रुप लगायतको प्रस्तुती पनि दर्शकले हेर्न पाए । यि कलाकारहरुको धमकेदार प्रस्तुतीले पनि दर्शकहरुलाई कार्यक्रम अवधिभरी बाधेर राख्यो । आयोजकका तर्फबाट पेईङ् किरात राईले भने, ‘हामीले खोटाङ् समाजका स्थानिय प्रतिभास“गै नेपालका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकारहरुलाई स्थान दिएका छौ । पछिल्लो समय हङकङमा मौलाउदै गएको जातीय, क्षेत्रिय विभेदलाई पनि यस्ता कार्यक्रमले चिर्ने आशा राखेका छौं ।’ हङकङमा रहेका खोटाङ्बासीहरुको हक हितका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम आयोजना गरिएपनि सवैको साथ र सहयोग पाएको समाजका अध्यक्ष टिका कोई राईले बताए । अक्षयकोषका लागि देशैभरिका नेपालीहरुले आर्थिक, सामाजिक दुवै तवरले सहयोग गर्नुभएको छ, उनले फेरी थपे, ‘स्थापना भएको अक्षयकोष खोटाङ्बासीहरुसगै अन्य क्षेत्र तथा समुदायहरुका लागि पनि कसरी प्रयोगयोग्य बनाउने हामी योजना तथा नितीहरु बनाउदैछौ ।’