साप्ताहिक संवाददाता
आगामी चैत्र २९ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ए मेरो हजुर ३ दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापाको निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको गीत आज शुक्रवार युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएका केहि समयमै दर्शकले उत्कृष्ठ प्रतिक्रिया दिएका छन् ।
सार्वजनिक ‘परान’ बोलको गीतमा चलचित्रका मुख्य पात्रहरु अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा लगायतका कलाकारलाई देख्न सकिन्छ । निकै भिन्न किसिमको गीत हिमागी भेगका आकर्षक स्थान समेटेर निर्माण गरिएको छ । गीतको भिडियो निकै सित्तल छ ।
आशिष अविरलको संगीत, आनन्द अधिकारीको शब्द तथा आशिष अबिरल र अञ्जु पन्तको रहेको गीतको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । सांगीतक प्रेमकथा बोल्ने यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।
च्लचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।