साप्ताहिक संवाददाता
चैत्र ८, २०७५
खानाको पारखी हुनुहुन्छ ? फरक–फरक देशका खानाको स्वाद चाख्न मन छ भने चैत्र ९ गते शनिबार लगनखेलस्थित एकेडेमी अफ कुलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट कलेज पुग्न सक्नुहुन्छ । उक्त कलेजले आयोजना गरेको इन्टरनेसनल फुड टेस्टिङ फेस्टिभलमा रूस, कोरिया, मलेसिया, जर्मनी, ब्राजिलका परिकारको स्वाद चाख्न सकिन्छ । हरेक शनिबार आयोजना हुँदै आएको यो फेस्टिभल वैशाख १५ गते सम्म सञ्चालन हुनेछ ।
समय : बिहान १० : ३० देखि ४ बजेसम्म ।
स्थान : एकेडेमी अफ कुलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, लगनखेल
प्रवेश शुल्क : ३ सय ५० रुपैयाँ